अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या

  • भारतीय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या भएको छ । अल्काले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाई दुर्लभ सेन्सरी न्युरल नर्भ श्रवणशक्तिको समस्या भएको जानकारी दिएकी छन् ।
  • उक्त पोस्टमा उनले सोही कारण आफू केही समयदेखि हराएको समेत उल्लेख गरेकी छन् । ‘यो एक्कासि ठूलो झट्काले मलाई स्तब्ध बनाएको छ र यसबाट मुक्ति पाउन अझै प्रयास गरिरहेको छु,’ उनले भनेकी छन् ।
  • अल्काको पछिल्लो स्वास्थ्य अवस्था थाहा पाएपछि फ्यानहरु चिन्तित बनेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com