भिडिओ एडिटिङ, गेमिङ तथा प्रोग्रामिङका लागि उपयुक्त एसुसको ल्यापटप

 एसुसले विभिन्न प्रकारका ल्यापटपहरू बजारमा ल्याएको छ । जसमध्ये गेमिङ ल्यापटप पनि एक हो । 

हुन त क्षमतावान प्रोसेसर भएकालाई प्राय: गेमिङ ल्यापटप भन्ने गरिन्छ । यस्तै क्षमतावान प्रोसेसर भएको एसुसको गेमिङ ल्यापटप हो,  एसुस रग स्ट्रिक्स जी १८ (Asus Rog Strix G18) ।

यो ल्यापटपमा एनभिडियाको नयाँ प्रोसेसरका साथै अन्य आकर्षक फिचरहरू रहेका छन् । आज हामी यही ल्यापटपको बारेमा चर्चा गर्दै छौं:

कस्तो छ ‘एसुस रग स्ट्रिक्स जी १८’ ल्यापटप ?

यो आईनाइन तथा १३ औं पुस्ताको प्रोसेसर भएको ल्यापटप हो । जसमा २४ ओटा कोर र ३२ ओटा थ्रेड्स छन् । यसको प्रोसेसरलाई ५.६ गिजाहर्जसम्म बढाउन सकिन्छ । 

ल्यापटपमा एनभिडियाको आरटीएक्स  ४०७० ८ जीबी ग्राफिक्स, एक टीबी एसएसडी र १६ जीबी डीडीआर फाइभ र्‍याम छ । यसमा १६५ हर्ज रिफ्रेश रेट भएको १८ इन्चको ठूलो डिस्प्ले पाउन सकिन्छ । 

झट्ट हेर्दा यसमा गेमिङ ल्यापटपको अनुभव हुन्छ । किबोर्ड बाहेक प्लास्टिक बडीमा पनि रग भनेर ब्रान्डिङ गरिएको छ । यसको अर्थ रिपब्लिक अफ गेम्स (republic of Games) अर्थात् गेमको गणतन्त्र भन्ने हो । 

ल्यापटपको तल्लो भागमा पुरै आरजीबी लाइट (RGB light) छ । सँगसँगै किबोर्डमा पनि आरजीबी दिइएको छ । यसले गर्दा टेबलमा ल्यापटप राख्दा छुट्टै अनुभुति हुन्छ ।

ल्यापटपमा पाँच ओटा हटकी (Hotkey) दिइएका छन् । जसलाई आफ्नो अनुसार कस्टमाइज गर्न सकिन्छ । यसको लागि एसुस आर्मर एप (Armar App) उपलब्ध गराइएको छ । 

यो एपमा अन्य सुविधाहरू पनि छन् । आरजीबी कस्टमाइजेसन पनि त्यसैबाट गर्न सकिन्छ । ल्यापटपमा कति र्‍याम, सीपीयू र ग्राफिक्स प्रयोग भएको छ ? ल्यापटप कति तात्यो ? सबै यही एपबाट हेर्न मिल्छ । 

यसमा भएको ट्राइ-फ्यान कुलिङ (Tri-Fan Cooling) प्रविधिले सीपीयू वा जीपीयू तातेपछि ल्यापटपको पर्फमेन्स घट्न दिँदैन । ल्यापटपमा कुलिङका लागि तीन ओटा फ्यान छन् । सामान्यत:  ल्यापटपमा दुई ओटा मात्र फ्यान दिइएका हुन्छन् । त्यस्तो अवस्थामा ल्यापटपमा बढी क्षमताका गेम खेल्दा वा सफ्टवेयर चलाउँदा चाँडो तात्ने गर्छ । ल्यापटपको सीपीयू वा जीपीयू जति धेरै तात्छ, त्यति नै त्यसको पर्फर्मेन्स कम हुँदै जान्छ। यो कुरालाई मध्यनजर गर्दै एसुसले यो ल्यापटपमा तीन ओटा फ्यानसँगै भेन्टिलेसन पनि प्रसस्तै मात्रामा राखेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com