विश्व समाचार

  • दिल्ली–एनसीआरका क्षेत्रका करिब १०० विद्यालयमा बम राखिएको धम्कीपूर्ण इमेलहरू पठाइएको छ।
  • स्थानीयरूपमा निर्मित प्राविधिक उत्पादनहरूको बलियो मागका कारण दक्षिण कोरियाको निर्यात मात्रा लगातार सातौँ महिनामा पनि बढेको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ ।
  • अफगानिस्तानको हेरात प्रान्तका मङ्लबार मस्जिदमा भएको आक्रमणमा एक महिला र एक बालकसहित पाँचजनाको मृत्यु भएपछि सुरक्षाका लागि भक्तजनहरूले प्रशासनसँग आग्रह गरेका छन् ।
  • अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटी प्रहरी अप्रेशन सुरू भएपछि स्थानीय दुई क्याम्पसबाट १०० भन्दा बढी विद्यार्थी गिरफ्तारीमा परेका छन् ।
  • अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०ले मङ्गलरबार सिङ्गापुरमा आयोजना गरेको आफ्नो ‘क्षेत्रीय आर्थिक दृष्टिकोण एशिया र प्रशान्त’ कार्यक्रममा एसिया प्रशान्त क्षेत्रको वृद्धि सन् २०२३ मा पाँच प्रतिशतको तुलनामा यस वर्ष चार दशमलव पाँच प्रतिशत रहने जनाएको छ ।

Share This:

प्रेरक (सहनशीलता)

एक पटक मन्दिरको बलेनीमा रहेको ढुङ्गाले मन्दिरभित्र राखिएको ढुङ्गाको मुर्तिलाई, सोध्छ साथी–साथी तिमी पनि पहाडबाटै झरेको म,पनि पहाडबाटै झरेको, तिमी पनि ढुङ्गा म पनि ढुङ्गा तर पनि मान्छेहरु तिमीलाई सधैँ पूजा गर्छन् , फूल प्रसाद चढाउँछन् र ढोग्छन् पनि तर मलाई भने किन सधैँ आची कुल्चेका खुट्टाले कुल्चिछन् ?, मन्दिर भित्रको ढुङ्गाको मुर्तिले जवाफ दिन्छ । हो साथी, हाम्रो जात एउटै , थातथलो पनि एउटै त्यतिमात्र होइन हामी माथि बजारिएको छिनोको चोट पनि एउटै तर जब मानिसले तिमी माथि एक चोट के हिर्काएका थिए तिमी प्याट्ट फुटेर दुई टुक्रा भयौँ त्यसैले तिमीलाई मान्छेले जुत्ता पुछ्ने सिँढी बनाए । हुन त म माथि पनि छिनोको चोट बर्सिएकै हो तर मैले त्यो चोटलाई सहेँ । त्यसैले आज तिमि त्यहाँ छौ म यहाँ छु । त्यसैले मित्रहरु , सबै चोट खानेहरु सफल हुदैनन् , सफल तिनै हुन्छन् जसले चोट खप्न जानेका हुन्छन् ।

Share This:

स्वस्थ्य समाचार

  • यति एयरमार्फत क्यान्सरको उपचारका लागि विराट क्यान्सर इन्स्टिच्यूट आउने विरामीले निशुल्क हवाई टिकट पाउने भएका छन् ।
  • आयुर्वेदिक औषधीमा प्रयोग हुने नेपालका १७ सय बढी जडिबुटीलाई कम्प्युटर डाटाबेसमा समावेश गरिएको छ ।
  • विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौबिसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
  • सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तोडफोड गर्ने र डाक्टरमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।

Share This:

चुट्किला

कालेले पुलिसको जागिर पाएछ अनि यस्तैमा एकदिन राती उसकै घरमा चोर आएछन् ।
कालेको श्रीमती आत्तिदै..ए हजुर उठ्नु न । घरमा चोर पस्यो ।
कालेः पस्न दे । म अहिले डिउटीमा छैन ।

Share This:

आर्थिक समाचार

  • लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट एयर ओभन उपकरण’ हस्तान्तरण गरेको छ ।
  • चालु आर्थिक वर्षको अन्तिम चौमासिक बाँकी रहँदा कोशी प्रदेश सरकारले ३० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय कोशीले गत चैत ३ गतेसम्म ३० प्रतिशत मात्र खर्च गरेको हो ।
  • विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ ।
  • पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा अडलट कारोबार बढ्दो गतिमा देखिएको छ ।
  • नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ ।
  • न्यादी हाईड्रोपावर लिमिटेड १५ करोड ११ लाख रुपैयाँ घाटामा रहेको छ ।

Share This:

स्वस्थ वैवाहिक जीवन कसरी बनाउने ?

  • माया र प्रतिवद्धता हुनु पर्दछ
  • नम्रता पूर्ण भावना राख्नु पर्दछ
  • धैर्यता राख्नुपर्दछ
  • क्वालिटी टाइम बिताउनुपर्दछ
  • कम्युनिकेसनबनाइराख्नु पर्दछ
  • निःस्वार्थपन हुनु पर्छ

Share This:

राजनीतिक समाचार

  • इलाम निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सुहाङ नेम्बाङको विजय सभा आयोजना गरिएको छ ।
  • सभामुखसमेतको समर्थनमा मुख्यमन्त्री नियुक्ति भएपछि गण्डकी सरकारविरुद्ध दायर रिट सोमबार सर्वोच्चले खारेज गरिदियो ।
  • नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी भएका छन् । नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका सुवास नेम्वाङ निधन पछि रिक्त थियो ।
  • विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापासहित तीन जनालाई सफाइ दिएको छ।
  • भारतमा अहिले निर्वाचनको मौसम छ। कुल सात चरणमा हुने निर्वाचनको दुई चरण सकिइसकेको छ। जम्माजम्मी गरी ४७ दिनमा सम्पन्न हुने निर्वाचनमा १ अर्ब जनसङ्ख्या हाराहारी भारतीयहरूले भाग लिनेछन्।
  • संसदीय व्यवस्थाप्रति निरन्तर असहमति जनाउँदै आइरहेका नेत्रविक्रम चन्द विप्लव अबको यात्रा संसदीय राजनीतितर्फ डोर्‍याउने औपचारिक निर्णयमा पुगेका छन् ।

Share This:

रोचक जानकारी (सडकमा बाँदरको ‘ग्याङ फाइट’, घण्टौँ ट्राफिक जाम)

थाइल्याण्डमा १ सयभन्दा बढी बाँदरका दुई गुटबीच लडाइँको एक भिडियो बाहिर आएको छ । भिडियोमा बाँदरहरूको ठूलो झुण्ड सडकमा एकआपसमा लडिरहेको देख्न सकिन्छ । यसबीच सडकमा यात्रा गरिरहेका मानिस घण्टौँ जहाँको त्यहीँ रोकिएका थिए ।

यस ‘ग्याङ फाइट’ का दौरान बाँदरहरूको आवाज यति ठूलो थियो कि मानिसहरु डराएर गाडीभित्र नै लुकेर बसेका थिए । यो घटना थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीको रहेको बताइएको छ । यो सहर बुद्धको प्राचिन मन्दिरहरूका लागि चर्चित रहेको छ ।

भिडियो रेकर्ड गर्ने एक व्यक्तिका अनुसार यो घटना लोपबुरीको फ्रा कान मन्दिर र प्राङ्ग स्याम यटको छेउछाउको हो । उनी आफ्नो घरको तेस्रो तल्लामा सरसफाइ गरिरहँदा बाँदरहरू कराएको आवाज सुनेका थिए । जब उनले बाहिर हरे, त्यहाँ १ सय भन्दा बढी बाँदरहरूको दुई गुट सडकमा एकआपसमा भिडिरहेका थिए । यो भिडन्त करिब १ घण्टासम्म चलेको थियो । यसका कारण घण्टौँ ट्राफिक जाम भएको थियो । यसअघि सन् २०२० को मार्चमा पनि यस्तै घटना देखिएको थियो ।

Share This:

जीवनी (गणतन्त्रवादी पाभेल पेस्तेल)

बालापन
पाभेल पेस्तेलको जन्म १७९३ जुलाई २५ ९जुलाई १३० का दिन सेन्ट पिटर्सबर्गमा भएको थियो । १८ औँ शताब्दीको सुरुमा रूसमा युरोपेली ज्ञान र प्रविधि भित्याउन रूसी साम्राज्यका पहिलो सम्राट पिटर महानले नयाँ राजधानी पिटर्सबर्ग सहरको बाहिरी भागमा विदेशीहरूको बस्ती बसालेका थिए । अवसरको खोजीमा रूस भित्रिएका फ्रान्सेली, जर्मन, डचलगायत विदेशी पाहुनाहरूलाई त्यो बस्तीमा राखिन्थ्यो । पाभेलको जन्म त्यस्तै जर्मन आप्रवासी परिवारमा भएको थियो ।

शिक्षा र सेना
पाभेलको प्रारम्भिक शिक्षा उनको पुख्र्यौली थलो ड्रेसडेन सहरमा भएको थियो । उनले त्यहीको एक प्राथमिक पाठशालामा सन् १८०५ देखि १८०९ सम्म शिक्षा लिएका थिए । यो सहर हाल जर्मनीको साक्सोनी प्रान्तमा पर्छ । त्यसबेला जर्मनी धेरै भुरेटाकुरे राज्यमा बाँडिएको थियो । साक्सोनी नेपोलियनको प्रभावमा रहेको जर्मन राज्य थियो । सन् १८०९ पछि नेपोलियन र रूसी जारको सम्बन्ध बिस्तारै बिग्रिन थाल्यो । युरोपका विभिन्न सहरमा पढिरहेका पाभेलजस्ता धेरै रूसी विद्यार्थीलाई रूस फर्काइयो र रूसकै विभिन्न विद्यालयमा भर्ना गरियो । यही क्रममा सन् १८१० मा पाभेल पिटर्सबर्गको सैनिक विद्यालयमा भर्ना भए । सो विद्यालय रूसी कुलीन वर्ग र उच्चाधिकारीका छोराछोरीलाई सैनिक अफिसरको तालिम दिन खोलिएको थियो । पिटर्सबर्ग फर्किँदा पाभेल १७ वर्षका थिए ।सैनिक विद्यालयमा पाभेल र उनका सहपाठीहरूलाई एक जर्मन गुरूले राजनीतिशास्त्र पढाउँथे । तिनै गुरूले पाभेल र उनका साथीहरूलाई फ्रान्सेली क्रान्ति र अमेरिकी स्वतन्त्रता आन्दोलनसँग परिचित गराए । अभागी जनताको जीवन सुधार्नु नै शिक्षाको उद्देश्य हुनुपर्छ भन्ने विचारमा पाभेलका पिता दृढ थिए । आफ्ना देशवासीको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु नै जीवनको उद्देश्य बन्नुपर्छ भनी उनी छोराहरूलाई सम्झाउँथे । पाभेलको घरमा उनका पिताले सङ्ग्रह गरेका पुस्तकहरूको सानो पुस्तकालय थियो । पाभेल मिहिनेती विद्यार्थी थिए । घरको पुस्तकालयबाट पाभेलले ज्ञानको युग ९इनलाइटनमेन्ट० का विचारकहरू तथा फ्रान्सेली र अमेरिकी क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेका विद्वान्हरूका पुस्तक अध्ययन गर्ने अवसर पाए । उनले जोन लक, मन्टेस्क्यु, रूसो, एडम स्मीथ, जेरेमी बेन्थम, थोमस जेफर्सन, भोल्टायर, मर्मोन्टेल, थोमस पेन, सेन्ट साइमन, आइज्याक न्युटनजस्ता विचारकका पुस्तक पढे । यिनै पुस्तक उनको दृष्टिकोण निर्माणका आधार बने ।सन् १८१२ गर्मीमा बेलायतलाई आर्थिक नाकाबन्दी गर्न नसघाएको निहुँमा नेपोलियनले रूसविरुद्ध युद्धघोष गरे । देश रक्षाको लडाइँमा होमिन पाभेलजस्ता धेरै रूसी युवाहरू कलिलो उमेरमै सेनामा भर्ती भए । सन् १८१३ मा साक्सोनीको लाइपजिग सहरमा भिषण युद्ध भयो । त्यसमा पाभेल घाइते भए । तैपनि, नेपोलियनको सेनासँग भिड्दै पाभेल आफ्नो पल्टनसँगै फ्रान्स पुगे । युद्धमा देखाएको वीरताको निम्ति उनले ‘सुनौलो तरबार’ प्राप्त गरे । नेपोलियनलाई रूसबाट धपाउने प्रसिद्ध रूसी जर्नेल कुतुजोभ आफैले पाभेललाई त्यो सम्मान प्रदान गरेका थिए । युद्धवीरको रूपमा पाभेल सन् १८१५ मा रूस फर्के ।उदार राजनीतिक व्यवस्था र स्वतन्त्र जीवनशैली भएको पश्चिम युरोपको केही वर्षको बसाइले पेस्तेलको मनमा गहिरो छाप पारेको थियो । रूसमा त्यस्तै परिवर्तन ल्याउन केही गर्नुपर्ने अठोटसहित रूस फर्केका धेरै युवामध्ये पाभेल पनि एक थिए ।
गुप्त समाज
नेपोलियनविरोधी गठबन्धनमा रूसी सेनासँगै प्रसिया र अस्ट्रियाजस्ता देशका सेना थिए । अन्य देशका पल्टनहरूमा रात्रिभोजको बेला अफिसरहरूले छलफल गर्ने ‘डाइनिङ क्लव’ को चलन थियो । युद्धपछि रूसी सेनाका अफिसरहरूले त्यसकै सिको गरे । तिनै ‘क्लव’ हरू रूसी अफिसरहरूको निम्ति राजनीतिक र सामाजिक सुधारबारे छलफल गर्ने मञ्च बने । यिनै मञ्चबाट गुप्त समाजहरूको स्थापना हुन थाले ।मिखाइल नोभिकोभ गणतन्त्रवादी अफिसर थिए । उनैले सन् १८१६ मा पाभेललाई मुक्ति सङ्घको सदस्यता दिए । मुक्ति सङ्घको मूल नेतृत्व राजतन्त्रवादी थियो । मुक्ति सङ्घ केही वर्षपछि समृद्धि सङ्घमा फेरियो ।रूस फर्केको केही समयपछि पाभेल कर्नेल पदमा बढुवा भए । कर्नेल पाभेललाई दक्षिणको तुलचिन सहरमा खटाइयो । कर्नेलमा बढुवा भएपछि उनले लेखपढ गर्न र अफिसरहरूसँग घुलमिल हुन बढी समय पाए । सन् १८१८ मा तुलचिन सहरमा उनले समृद्धि सङ्घको नयाँ शाखा स्थापना गरे । उनले सङ्गठनलाई धेरै नयाँ सैनिक अफिसरहरूबिच विस्तार गरे । उनी गुप्त समाजको तुल्चिन शाखा प्रमुख बने ।पाभेल पेस्तेल मूलतः गणतन्त्रवादी थिए । गुप्त समाजमा सहभागी भएको केही समयपछि नै उनले संवैधानिक राजतन्त्रको सान्दर्भिकतामाथि प्रश्न उठाएका थिए । नेपोलियनको हारपछि प्रतिक्रियावादी गठबन्धनको नाइके भएर युरोपका प्रगतिशील आन्दोलनहरू दबाउन विभिन्न देशमा सेना पठाउने रूसका राजा संविधानको दायरामा बाँधिन तयार होलान् भन्ने उनलाई पटक्कै विश्वास थिएन । गुप्त समाजको मूल नेतृत्वले उनको विचारलाई उग्रवादी भनी पन्छाउन खोज्थ्यो । साध्यमा एकमत भए पनि साधनमा सहमति नहुँदा गुप्त समाजमा विभाजन निम्तियो । पाभेलको नेतृत्वमा दक्षिण रूसका क्रान्तिकारीहरूले आफ्नो अलग गतिविधि अगाडि बढाए ।सन् १८२१ मा पाभेलले भावी रूसी गणतन्त्रको निम्ति नयाँ संविधानको खेस्रा गर्न थाले । ‘रूस्काया प्राभ्दा’ ९रूसी सत्य० नामक उनको संविधानको अन्तिम खेस्रा सन् १८२४ मा पूरा भयो । त्यसमा राज्यको पुनःसंरचना गर्ने, नयाँ संविधान जारी गर्ने, राजधानी सार्नेदेखि २० वर्षका हरेक लोग्नेमान्छेलाई राजनीतिक र सामाजिक स्वतन्त्रता दिने, भूदास प्रथा उन्मूलन गर्ने, किसानलाई जमिन बाँड्नेजस्ता अनेक प्रावधान राखिएका थिए ।रूसको तत्कालीन राजधानी पिटर्सबर्ग भौगोलिकरूपमा युरोपेली रूसको उत्तरमा पथ्र्यो । युरोपेली रूस र एसियाली रूसको सन्तुलित विकास गर्न, राजधानीमा उत्तर र दक्षिणको समान पहुँच बढाउन र भित्री रूसमा उद्योग–व्यापारलाई विकास गर्न भोल्गा नदी किनारको निझ्नी नोभोग्राद सहरलाई रूसी गणतन्त्रको राजधानी बनाउनुपर्ने उनको प्रस्ताव थियो । राजधानी सहरलाई कुनै पनि प्रान्तअन्तर्गत नराखी केन्द्रअन्तर्गत विशेष सहर बनाउने उनको प्रस्ताव थियो । उक्त संविधानमा जम्मा दसवटा प्रान्तसहित बलियो केन्द्र भएको बहुजातीय रूसी गणतन्त्रको प्रस्ताव गरिएको थियो ।रूसी साम्राज्यअन्तर्गतका सबै मानिसहरू जात र वर्गको विभेदबिना कानुनका आँखामा सबै समान हुनुपर्छ भन्ने उनको मान्यता थियो । उनी कुलीनहरूका सबै विशेषाधिकारहरू खारेज हुनुपर्छ भन्ने मान्यता राख्थे । अन्य डिसेम्बरवादीहरूजस्तै पाभेल पनि रूसको अमानवीय भूदास प्रथाका विरोधी थिए । उनले आफ्नो परिवारका भूदासहरूलाई मुक्त गर्ने प्रयास गरेका थिए । तर, उनको परिवारका भूदासहरूकी कानुनी मालिक उनकी आमा थिइन् । आमालाई मनाउन नसक्दा पाभेल सफल भएनन् । कुलीनहरूको जग्गा राज्यले कब्जा गरेर आधा भूदासहरूलाई वितरण गर्नुपर्छ र आधा राज्यको स्वामित्वमा रहनुपर्छ भन्ने उनको मान्यता थियो ।
अनुपस्थित विद्रोही
योजनाबद्ध सैनिक विद्रोहबाट मात्र जारशाहीलाई फाल्न सकिन्छ भन्नेमा पाभेल स्पष्ट थिए । आवश्यक परे राजपरिवारका सम्पूर्ण सदस्यहरूको हत्या गरेर रूसी गणतन्त्रको निम्ति बाटो सफा गर्नुपर्छ भन्ने उनको मत थियो । उनी भन्थे, “हरेक युगको आफ्नो विशेषता हुन्छ । यो युग क्रान्ति र क्रान्तिकारी विचारको युग हो । रूसदेखि पोर्चुगलसम्म, बेलायतदेखि टर्कीसम्म, सम्पूर्ण अमेरिका, सबै ठाउँमा परिवर्तनको नयाँ उभार आइरहेको छ ।”दक्षिणमा तैनाथ रूसी पल्टनका युवा अफिसरहरूमा गुप्त समाजको बलियो प्रभाव थियो । उनीहरू स्वतन्त्रता र विद्रोहको निम्ति आतुर थिए । वैचारिक बेमेल रहे पनि जारविरोधी लडाइँमा सबै क्रान्तिकारी एक हुनुपर्छ भन्नेमा गुप्त समाजका सबै सदस्य सहमत थिए । विद्रोहको संयुक्त आह्वान गर्ने उद्देश्यले सन् १८२५ को सुरुमा पाभेल उत्तरी समाजको नेतृत्वसँग छलफल गर्न पिटर्सबर्ग पुगे । स्थापनाकालदेखि नै गुप्त समाजमा विद्रोहको उपयुक्त समयबारे बरोबर छलफल भइरहन्थ्यो । सुरुका वर्षहरूमा जार अलेक्सान्दरको मृत्यु भएर अर्को जार घोषणा हुनु अगाडिको अन्योलमा विद्रोह गर्ने निर्णय गरिएको थियो । अन्ततः गुप्त समाज सुरु भएको एक दशकपछि सन् १८२५ को संयुक्त बैठकले सन् १८२६ को गर्मीमा सैनिक अवलोकनको निम्ति जार दक्षिण भ्रमण आउँदा उनको हत्या गरेर विद्रोह सुरु गर्ने दुई गुप्त समाजबिच सहमति बन्यो ।सन् १८२५ मै पाभेलले नै सदस्य बनाएका गुप्त समाजका एक सदस्यले प्रशासनसामु षड्यन्त्रको भेद खोलिदिए । सैनिक खर्चमा गरेको भ्रष्टाचारका कारण कर्नेल पाभेल पेस्तेलको कारबाहीमा परिने डरले उनले गुप्त समाजलाई धोका दिएका थिए । षड्यन्त्रको रिपोर्ट पिटर्सबर्ग पुग्दासम्ममा जार अलेक्सान्दरको मृत्यु भइसकेको थियो । जारको मृत्युले विद्रोहको योजनामा अन्योल थपियो । उत्तरी गुप्त समाजले १८२५ डिसेम्बर २६ ९१४० का दिन विद्रोह गर्ने तयारी गयो । तर, दक्षिणी समाजका नेता पाभेल पेस्तेल नै त्यस निर्णयबारे बेखबर थिए । साथीको विश्वासघातका कारण उनी पिटर्सबर्गमा विद्रोह हुनुभन्दा एकदिन अगाडि डिसेम्बर २५ ९१३० मा समातिए । जनवरी १५ ९३० मा पाभेललाई राजधानीको ‘पिटर–पाउल किल्ला’ पुर्‍याइँदासम्ममा गुप्त समाजका अधिकांश सदस्य पक्राउ परिसकेका थिए । समातिएको ६ महिना २० दिनपछि पाभेल लगायत पाँचजना डिसेम्बरवादी नेताहरूलाई फाँसीको सजाय दिइयो । अरूलाई साइबेरियाको आजीवन निर्वासनमा पठाइयो ।पाभेल पेस्तेलमाथि जारको हत्या गर्ने योजना बनाएको, सैनिक विद्रोहको तयारी गरेको आरोपमा मुद्दा चलाइएको थियो । फाँसीको सजाय पाउने पाँचजनामध्ये पाभेल मात्रै डिसेम्बर विद्रोहमा प्रत्यक्षरूपमा सहभागी नभएका नेता थिए । उनलाई जारको तानाशाहीविरुद्ध क्रान्तिकारी विचार बोकेको कसुरमा फाँसी दिइएको थियो ।

Share This:

व्यायाम गर्ने पनि तरिका छ, कसरी गर्दा बढी स्वास्थ्य–लाभ मिल्छ ?

  • मौसम चाहे जस्तो होस् व्यायामलाई निरन्तरता दिनु पर्छ,
  • प्रत्येक दिन ६० देखि ९० मिनेटको एक्सरसाइज गर्ने,
  • पाँच दिन कम्तीमा पनि एरोविक गर्ने जस्तैः मुटुको धड्कन बढ्ने, पसिना आउने,
  • व्यायामको दौरान आफूलाई सक्रिय राख्ने,

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com