मनोरञ्जन समाचार

  • मे ५ मा बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लब हलमा आयोजना हुन लागेको लोकप्रिय गायिका आनी छोइङ डोल्माको कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ ।
  • देशभार वैशाख २१ गतेदेखि प्रदर्शनीमा आउने चलचित्र ‘मनसरा’ को विराटनगरमा प्रीमियर सो हुने भएको छ ।
  • गीतिसंग्रह ‘ज्योतिको सँगालो’ सार्वजनिक भएको छ ।
  • गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ गम्भीर बिरामी भई अस्पताल भर्ना भएका छन् ।
  • निर्देशक पूर्णेन्दु झाले तेस्रो कथानक फिचर फिल्मको रुपमा ‘लेबर’को घोषणा गरेका छन् । विश्व मजदुर दिवसको अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ फिल्म ल्याउने घोषणा गरे ।

Share This:

परीक्षा कसरी दिने ? बालबालिकाले ध्यान दिनुपर्ने कुराहरु ,

  • परीक्षालाई सामान्य रूपमा लिने वा परीक्षासँग नडराउने, परीक्षाबारे अनावश्यक तनाव नलिने
  • पर्याप्त पानी पिउने तथा विभिन्न मौसमी फलफूल खाने
  • आलस्यता र कब्जियतबाट बच्न जंकफुडबाट टाढा रहने
  • पढ्दै गर्दा समय–समयमा ब्रेक लिने। शरीरलाई सक्रिय र गतिशील बनाउने तथा गीत सुन्ने
  • सम्भव भएसम्म साथीसँग बसेर पढ्ने तथा पढेको कुरा शेयर गर्ने
  • परीक्षा तयारी गर्दा सकेसम्म लेखेर, सूची तयार पारेर वा चित्र (डायग्राम) बनाएर पढ्ने
  • परीक्षाका लागि आवश्यक पर्ने शैक्षिक सामग्री (कलम, ज्यामिति बक्स, स्केल लगायत) को उचित व्यवस्थापन गर्ने
  • परीक्षा सुरू हुनुभन्दा अघिल्लो दिन अभिभावक वा साथीसँग परीक्षा केन्द्र जाने तथा उक्त केन्द्र कहाँ छ र आफ्नो बासस्थानबाट कति समय लाग्छ भनी जानकारी लिने
  • पहिलो दिन आधा घण्टा अगाडि र अरू दिन कम्तीमा १५ मिनेट अगाडि परीक्षा केन्द्रमा पुग्ने
  • कहिलेकाहीं घरबाट परीक्षा केन्द्र जाँदै गर्दा प्रवेशपत्र बिर्सिएर घर फर्कंदा हतार र तनावमा दुर्घटना हुनसक्ने वा मानसिक दबाब हुनेभएकोले परीक्षा केन्द्रमा पुगेर अभिभावक वा विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गर्ने
  • परीक्षा हलमा मुस्कान सहित निरीक्षकलाई नमस्कार वा कुनै अभिवादसहित प्रवेश गर्ने
  • उत्तरपुस्तिकामा सिम्बोल नम्बर (अंक र अक्षरमा), मिति, विषय, परीक्षा केन्द्र लगायत आवश्यक विवरण स्पष्टसँग लेख्ने
  • प्रश्नपत्र राम्रोसँग पढ्ने र सुरूमा आफूलाई सजिलो लाग्ने प्रश्नको उत्तर लेख्ने
  • परीक्षा हलमा परीक्षार्थी साथीहरूलाई अनावश्यक हैरानी नगर्ने
  • मर्यादित र शालीन ढंगले परीक्षामा सहभागी हुने
  • नबुझेका प्रश्नहरू निर्धक्कसँग निरीक्षकसँग सोध्ने
  • सकेसम्म सबै प्रश्नको उत्तर लेख्न कोशिश गर्ने अर्थात् कुनै पनि प्रश्न नछोड्ने
  • उत्तर लेख्ने क्रममा कुनै प्रश्नको उत्तर अस्पष्ट भएमा विषय शिक्षकले कक्षामा पढाउँदै गरेको सम्झने र उत्तर लेख्ने कोसिस गर्ने
  • प्रश्नपत्रमा उल्लिखित निर्देशन पूर्ण रूपमा पालना गर्ने।

Share This:

खेलकुद समाचार

  • बेल्जियमका गोलरक्षक थिबाउट कोर्टोइसले निकट भविष्यमा आयोजना हुने युरो कप फुटबल प्रतियोगिता खेल्न नसक्ने भएका छन् ।
  • ओपनर जोनसन चार्ल्सको शतकमा वेष्टइण्डिजले तेस्रो टी(२० खेलमा घरेलु टोली नेपाललाई २२८ रनको लक्ष्य दिएको छ ।
  • तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले आफ्नो छैटौँ र सातौँ विकेट लगातार रुपमा गुमाएको छ ।
  • सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
  • बेलायतमा हुने दुई मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडी तथा अफिसियलको भिसा नआएको विषयमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवको उपस्थितिमा अखिल नेपाल फुटबल संघ एन्फाका महासचिवसँग छलफल गरेका छन् ।
  • तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ ।

Share This:

प्रेरक भनाई

  • सधैं अन्तिम साससम्म प्रयास गर्नुपर्छ या त लक्ष्य हासिल हुन्छ या अनुभव
  • जितनेहरूले फरक काम गर्दैनन् तिनीहरूले फरक तरिकाले काम गर्छन्
  • जसले अरुलाई सम्मान गर्छ, वास्तवमा, तेही स्वाभिमानी हुन्छ,
  • किनकी मान्छेले त्यही कुरा अरुलाई दिन्छ, जुन उसंग छ।
  • तिम्रो उमेर बढ्नुको यो मतलब होइन कि, तिमीले आफ्नो उमेर गएको सोंचेरआफ्ना सपनाहरु छोडीदेऊ
  • गन्तव्य नपाए बाटो बदलिदेउ किनकि रुखले जरा होइन पात बदल्छ।
  • त्यो मान्छे संग कहिल्यै झुट नबोल्नु, जसले तिम्रो झुटमा पनि विश्वास गर्छ।
  • कतिपय जिम्मेवारीहरूले निन्द्रा खोस्छ राती उठ्ने हरेक मान्छे प्रेमी हुदैनन् ।
  • जीवनमा सधैं प्रयास गर्नुहोस् लक्ष्य या अनुभवु प्राप्त गर्नुहोस्
  • तनाव संग समस्या मात्र जन्मन सक्छ समाधान खोज्न मुस्कुराउनु पर्छ
  • सफलताको लागि कुनै निश्चित समय प्रतीक्षा नगर्नुहोस्, बरु आफ्नो हरेक समय विशेष बनाउनुहोस्
  • माटोको भाँडो र परिवारको मूल्य, निर्माण गर्नेलाई मात्र थाहा हुन्छ, विनाश गर्नेलाई के थाहा

Share This:

विश्व समाचार

  • दिल्ली–एनसीआरका क्षेत्रका करिब १०० विद्यालयमा बम राखिएको धम्कीपूर्ण इमेलहरू पठाइएको छ।
  • स्थानीयरूपमा निर्मित प्राविधिक उत्पादनहरूको बलियो मागका कारण दक्षिण कोरियाको निर्यात मात्रा लगातार सातौँ महिनामा पनि बढेको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ ।
  • अफगानिस्तानको हेरात प्रान्तका मङ्लबार मस्जिदमा भएको आक्रमणमा एक महिला र एक बालकसहित पाँचजनाको मृत्यु भएपछि सुरक्षाका लागि भक्तजनहरूले प्रशासनसँग आग्रह गरेका छन् ।
  • अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटी प्रहरी अप्रेशन सुरू भएपछि स्थानीय दुई क्याम्पसबाट १०० भन्दा बढी विद्यार्थी गिरफ्तारीमा परेका छन् ।
  • अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०ले मङ्गलरबार सिङ्गापुरमा आयोजना गरेको आफ्नो ‘क्षेत्रीय आर्थिक दृष्टिकोण एशिया र प्रशान्त’ कार्यक्रममा एसिया प्रशान्त क्षेत्रको वृद्धि सन् २०२३ मा पाँच प्रतिशतको तुलनामा यस वर्ष चार दशमलव पाँच प्रतिशत रहने जनाएको छ ।

Share This:

प्रेरक (सहनशीलता)

एक पटक मन्दिरको बलेनीमा रहेको ढुङ्गाले मन्दिरभित्र राखिएको ढुङ्गाको मुर्तिलाई, सोध्छ साथी–साथी तिमी पनि पहाडबाटै झरेको म,पनि पहाडबाटै झरेको, तिमी पनि ढुङ्गा म पनि ढुङ्गा तर पनि मान्छेहरु तिमीलाई सधैँ पूजा गर्छन् , फूल प्रसाद चढाउँछन् र ढोग्छन् पनि तर मलाई भने किन सधैँ आची कुल्चेका खुट्टाले कुल्चिछन् ?, मन्दिर भित्रको ढुङ्गाको मुर्तिले जवाफ दिन्छ । हो साथी, हाम्रो जात एउटै , थातथलो पनि एउटै त्यतिमात्र होइन हामी माथि बजारिएको छिनोको चोट पनि एउटै तर जब मानिसले तिमी माथि एक चोट के हिर्काएका थिए तिमी प्याट्ट फुटेर दुई टुक्रा भयौँ त्यसैले तिमीलाई मान्छेले जुत्ता पुछ्ने सिँढी बनाए । हुन त म माथि पनि छिनोको चोट बर्सिएकै हो तर मैले त्यो चोटलाई सहेँ । त्यसैले आज तिमि त्यहाँ छौ म यहाँ छु । त्यसैले मित्रहरु , सबै चोट खानेहरु सफल हुदैनन् , सफल तिनै हुन्छन् जसले चोट खप्न जानेका हुन्छन् ।

Share This:

स्वस्थ्य समाचार

  • यति एयरमार्फत क्यान्सरको उपचारका लागि विराट क्यान्सर इन्स्टिच्यूट आउने विरामीले निशुल्क हवाई टिकट पाउने भएका छन् ।
  • आयुर्वेदिक औषधीमा प्रयोग हुने नेपालका १७ सय बढी जडिबुटीलाई कम्प्युटर डाटाबेसमा समावेश गरिएको छ ।
  • विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौबिसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
  • सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तोडफोड गर्ने र डाक्टरमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।

Share This:

चुट्किला

कालेले पुलिसको जागिर पाएछ अनि यस्तैमा एकदिन राती उसकै घरमा चोर आएछन् ।
कालेको श्रीमती आत्तिदै..ए हजुर उठ्नु न । घरमा चोर पस्यो ।
कालेः पस्न दे । म अहिले डिउटीमा छैन ।

Share This:

आर्थिक समाचार

  • लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट एयर ओभन उपकरण’ हस्तान्तरण गरेको छ ।
  • चालु आर्थिक वर्षको अन्तिम चौमासिक बाँकी रहँदा कोशी प्रदेश सरकारले ३० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय कोशीले गत चैत ३ गतेसम्म ३० प्रतिशत मात्र खर्च गरेको हो ।
  • विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ ।
  • पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा अडलट कारोबार बढ्दो गतिमा देखिएको छ ।
  • नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ ।
  • न्यादी हाईड्रोपावर लिमिटेड १५ करोड ११ लाख रुपैयाँ घाटामा रहेको छ ।
  • नेप्सेमा आज दिनभर जसो वृद्धि देखियो । कारोबार पनि तीन महिना पछिकै उच्च भएको छ । आज नेप्सेमा ५ अर्ब हाराहारीको कारोबार भएको छ ।

Share This:

स्वस्थ वैवाहिक जीवन कसरी बनाउने ?

  • माया र प्रतिवद्धता हुनु पर्दछ
  • नम्रता पूर्ण भावना राख्नु पर्दछ
  • धैर्यता राख्नुपर्दछ
  • क्वालिटी टाइम बिताउनुपर्दछ
  • कम्युनिकेसनबनाइराख्नु पर्दछ
  • निःस्वार्थपन हुनु पर्छ

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com