उच्च रक्तचाप हुन नदिन के गर्ने ?

बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ ।

सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन् । नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ ।

यस्ता छन् उच्च रक्तचाप हुन नदिने उपायहरु

  • नून कम खाने
  • फलफूल र सागसब्जी दैनिक रुपमा प्रशस्त खाने
  • मांशहारी र अन्य जनावरबाट प्राप्त हुने खाना र जैकफुडहरु नखाने
  • सुर्ति चुरोटका सेवन नगर्ने
  • मदीरापान नगर्ने वा न्यून गर्ने

Share This:

कसरी बढाउने आत्मविश्वास ? यस्ता छन् ९ उपाय

  • आफूलाई अरूसँग तुलना गर्न छाड्ने
  • सकारात्मक व्यक्तिहरूको सङ्गत गर्नुहोस्
  • आफ्नो शरीरको ख्याल गर्नुहोस्
  • आफूप्रति नम्र हुनुहोस्
  • आफैँसँग गफ गर्ने बानी विकास गर्नुहोस्
  • डरको सामना गर्नुहोस्
  • आफूलाई मनपर्ने चिज गर्नुहोस्
  • नाइँ भन्न सिक्नुहोस्
  • आफ्नो लक्ष र योजनाहरू सेट गर्नुहोस्

Share This:

आईफोन १६ मा आउँदैछन् यस्ता नयाँ फिचर

आईओएस १८ 

आईफोन १६ को मुख्य आकर्षणमध्ये आईओएस १८ एक हो । अहिले यसमा आउन सक्ने फिचरलाई लिएर विभिन्न हल्ला फैलिएका छन् ।

आईफोन १६ मा एआई फिचर ल्याउन पनि यो अपरेटिङ सिस्टम जरुरी छ । आईओएस १६ सँगै भरपूर एआई फिचर आउने निश्चित छ । यसमा सजिलै कस्टमाइज गर्न मिल्ने होम स्क्रिन हुने, भिजुअल अपग्रेड हुने, एसेसिबिलिटी सुधार गरिएको हुने सम्भावना छ । 

एआई फिचर 

स्मार्टफोनको सन्दर्भमा एआई नयाँ विषय हो । तर पिक्सेल ८ र ग्यालेक्सी एस २४ जस्ता फोनमा एआई फिचर आइसकेका छन् । जुन एप्पलको प्रतिद्वन्द्वी कम्पनीका स्मार्टफोन हुन् । त्यो मानेमा एप्पल केही पछाडि छ । तर अब आईफोन १६ बाट एप्पल पनि उही दौडमा सामेल हुने देखिन्छ । 

विशेषगरी एप्पलको भोइस असिस्टेन्ट सिरी र एप स्टोरमा एआई एकीकृत हुन सक्छ । यसअघि नै एप्पलले इन्टरनेट बिना एआई काम गर्न सक्ने मोडेल सार्वजनिक गरिसकेको छ ।

साथै विभिन्न एआई कम्पनीहरूलाई अधिग्रहण गर्ने तथा एआई कम्पनीसँग कुराकानी गर्ने काम पनि गरिरहेको छ । एप्पलका यी यस्ता गतिविधिले आईफोन १६ मा एआई फिचर आउने करिब निश्चित भएको बुझ्न सकिन्छ । 

सुधारिएको क्यामेरा प्रोसेसिङ

कुनै सन्देह छैन, क्यामेरामा आईफोन अब्बल छ । धेरै फोटोग्राफरले समेत फोटो खिच्नका लागि आईफोन सुझाउने गर्छन् । यद्यपि आईफोन १६ मा अझै सुधारिएको क्यामेरा प्रोसेसर आउन सक्छ । विशेषगरी आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्समा यो विशेषता हुन सक्छन् । 

अहिलेका एप्पलको प्रतिद्वन्द्वी कम्पनीका फ्ल्यागशिप फोनले पनि उत्कृष्ट गुणस्तर भएको फोटो खिच्ने गर्छन् । अर्कोतर्फ फिल्म मेकिङमा समेत आईफोनलाई प्रयोग गर्न एप्पलले जोड दिइरहेको छ । यसमा राम्रो गर्न एप्पलले झनै सुधारिएको क्यामेरा प्रोसेसिङ राख्न सक्छ । 

१२० हर्जको रिफ्रेस रेट 

एप्पल त्यस्तो ब्रान्ड हो, जसले महँगो मूल्यमा ६० हर्जको रिफ्रेस रेट भएको फोन बेच्ने गर्छ । आईफोनमाथि धेरैले गुनासो गर्ने यो एउटा विषय पनि हो । अहिलेका बजेट स्मार्टफोनमा पनि ९० हर्ज देखि १२० हर्जसम्म रिफ्रेस रेट हुने गर्छन् ।

त्यसो हुँदा एक प्रकारको दबाब पनि एप्पलमा रहेको छ । अहिलेसम्म एप्पलले यस विषयमा केही जानकारी दिएको छैन । तथापि अबका वर्षमा आईफोन १६ लाई उत्कृष्ट मोडेल बनाउन एप्पलले १२० हर्जको रिफ्रेस रेट दिनै पर्ने बाध्यता छ । 

बढी क्षमता भएको 

ब्याट्री आईफोनमा रिफ्रेस रेट जस्तै ब्याट्री अर्को गुनासो गर्ने ठाउँ हो । एप्पलले आईफन १५ मा जम्मा तीन हजार ३३९ एमएएच क्षमताको ब्याट्री राखेको थियो । जुन ग्यालेक्सी एस २४ मा राखिएको ४००० एमएएचभन्दा सानो हो । अहिलेका धेरै स्मार्टफोनमा अलि बढी क्षमताको ब्याट्री राखिने गरिन्छ ।

यद्यपि एप्पलको ब्याट्री कम क्षमताको भए पनि ती लामो समय टिक्न सक्छ्न् । त्यसको अर्थमा आकारले मात्र ब्याट्रीको क्षमता निर्धारण गर्दैन ।

तर अहिलेको परिस्थिति हेर्दा एप्पलले ब्याट्रीको क्षमता भने बढँउन सक्छ । यस अघि आईफोन १६ मा तीन हजार ५६१ एमएएच क्षमताको ब्याट्री हुने सूचना बाहिरिएको थियो ।

Share This:

 Excel shortcut Keys

hortcutDescription
Ctrl + NCreate a new workbook.
Ctrl + OOpen an existing workbook.
Ctrl + SSave the active workbook.
F12Save the active workbook under a new name, displays the Save as dialog box.
Ctrl + WClose the active workbook.
Ctrl + CCopy the contents of the selected cells to Clipboard.
Ctrl + XCut the contents of the selected cells to Clipboard.
Ctrl + VInsert the contents of the Clipboard into the selected cell(s).
Ctrl + ZUndo your last action. Panic button 🙂
Ctrl + POpen the “Print” dialog.

Share This:

प्रेरक भनाई

  • साथ दुई दिनको किन नहोस तर सच्चा होस्
  • बरु खराब बन तर मेरो अगाडि देखाउनका लागि खराब नबन्
  • जसले आज एकछिन समय दिदैन उसले जिन्दगीभर साथ कसरी दिन्छ
  • एउटा सुन्दर सम्बन्ध त्यहा हुन्छ, जहाँ एक अर्का सगँ केही कुरा लुक्दैन्
  • अध्यारोमा छोडेर जानेहरुसगँ प्रकासको आशा गर्नु एउटा मुर्खता बाहेक केही होईन
  • जीवनको हरेक पाटोलाई जिउनु सक्नु नै सार्थक जीवनको एउटा नया अध्याय हो
  • जब सबैतिर अध्यारो हुन्छ तब मात्रै तारा देख्र सकिन्छ
  • एक्लो रुख जब बढ्न थाल्छन् तब बलियो बनेर बढ्दछन्

Share This:

खेलकुद समाचार

  • यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा गरिएको छ ।
  • नेपाल भलिबल संघको आयोजनामा आठौँ प्रधानमन्त्री कप एनभिए पुरुष तथा महिला भलिबल लिग १९ जेठमा हुने भएको छ ।
  • रोबर्ट लेवान्दोस्कीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई ४–२ गोल अन्तरले हराएको छ । नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि लेवान्दोस्कीले ह्याट्रिक गर्दा फर्मिन लोपेजले एक गोल गरे ।
  • नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले करिब एक हप्ताको प्रशिक्षण बाबजुद इङ्ल्याण्डमा हुने मैत्रीपूर्ण खेलको तयारी राम्रो भएको बताएका छन् ।
  • नेपाली राष्ट्रिय थ्री एक्स थ्री बास्केटबल टोलीले चीनको युनानमा भएको युनान प्रोभिन्स बोर्डर ह्याप्पी भिलेज स्पोर्ट्स कार्निभल थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा स्वर्ण पदक जितेको छ ।

Share This:

विश्व समाचार

  • रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको रूसी उपरक्षामन्त्रीलाई बुधबार पक्राउ गरिएको छ ।
  • लण्डनमा कैयौं मानिसमाथि धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई महानगरीय प्रहरीले पक्राउ गरेको छ ।
  • अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानूनलाई अमेरिकी सिनेटले मंगलबार पारित गरेको छ ।
  • उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ।
  • जनसङ्ख्यामा निरन्तरको कमी यतिबेला जापानको टाउको दुखाइको विषय बनेको छ । जनसङ्ख्या यही गतिमा घट्दै जाने हो भने जापानको अस्तित्व नै मेटिने चेतावनी र चिन्ता पनि आइरहेका छन् ।
  • जापानमा रोजगारीको उपलब्धतामा कमी आएको छ ।

Share This:

स्वस्थ्य समाचार

  • विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौबिसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ ।
  • पर्साको बिन्दवासिनी गाउँपालिका ५ मा रहेको श्री मसरुर पब्लिक आधारभुत विद्यालय प्रसौनीमा ‘सबैलाई प्रेम गर, कसैलाई घृणा नगर’ भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले शनिवार निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

Share This:

सकारात्मक ज्ञानमञ्च

  • सुरू गर्ने तरीका भनेको कुरा गर्न छोड्नु र गर्न थाल्नु हो ।
  • कहिलेकाहीँ प्रश्नहरू जटिल हुन्छन् र उत्तरहरु भने सरल हुन्छन् ।
  • यस जीवनमा हामी ठूला कामहरू गर्न सक्दैनौं । हामी केवल ठूलो प्रेमको साथ साना कुराहरु गर्न सक्छौं ।
  • यदि तपाईं साँच्चिकै नजिकबाट हेर्नुभयो भने, धेरैजसो सफलताहरू धेरै समय लिन्छ ।
  • यो जीवन कठिन छ, तर यो झन गाह्रो छ यदि तपाईं मर्ख हुनुहुन्छ भने, ।
  • जबसम्म हामीले आफु भित्रै सन्तुष्टि खोज्न सक्दैनौ, अरु ठाउमा खोज्नु व्यर्थ हुन्छ ।
  • बिश्व ईतिहासका पानाहरु पल्टाउदै हेर्ने हो भने मूर्ख भनिएका ब्यक्तिहरुले संसार बदल्ने गरेको देखिन्छ ।
  • सकारात्मक हुनु होस् , नकारात्मकताले तँपाईलाई कहिल्यै अगाडी लैजाँदैन ।

Share This:

आर्थिक समाचार

  • लुम्बिनी प्रदेश सरकारमा पुँजी बजेट खर्च सुस्त भएको पाइएको छ । सरकारको परिवर्तन, तथा कर्मचारीका कारणले खर्च कमजोर भएको बताइएको छ ।
  • लगानी सम्मेलनको दुई दिन आइतबार र सोमबार नै नेप्से सूचक वृद्धि भएको छ ।
  • लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले अघिल्लो वर्षको नाफाबाट लाभांश नबाँड्ने भएको छ ।
  • आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु एक अर्ब ७८ करोड ९८ लाख राजस्व संकलन गरेको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com