सकरात्मक ज्ञानमञ्च

  • म सबैभन्दा रमाउने क्षण भनेको काम गर्दाको क्षण हो। काम नगरी बस्दा मलाई समय खेर फालिरहेको छु जस्तो लाग्छ ।
  • साझ परेपछि आफ्नै छाया ले त छोडि जान्छ झन अरु को त के कुरा।
  • अरूले तिमीप्रति जेसुकै अपराध गरेको भएपनि त्यसलाई आफूले भुल्नु राम्रो हो ।
  • खानु र सुत्नु जीवनको नाम होइन, सदैव अगाडि बढ्नु नै जीवनको नाम हो ।
  • यदि झुठ्ठा बोल्दा कसैको ज्यान बच्दछ भने देखि त्यस्तो झुठ पाप होइन पुण्यः हो ।
  • जीवनलाई वर्षेले होइन, कर्मले नाप्नुपर्छ ।
  • जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।
  • मीठो बोलीवचन पनि तपस्या नै हो ।

Share This:

मनोरञ्जन समाचार

  • कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’मा यतिबेला अन्तिम सातौं स्थानको प्रतिस्पर्धा भइरहेको छ
  • भारतीय कमेडी शो कपिल शर्मा शोकी चर्चित कमेडियन भारती सिंह बिरामी भएकी छिन्
  • जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने संघर्षको कथावस्तुमा बनेको फिल्म ‘पुजार सार्की’बारे राष्ट्रिय दलित आयोगले चासो दिएको छ
  • कमेडी नेपाली फिल्म ‘खजुरे ब्रो’ यही २८ वैशाखदेखि प्रदर्शनमा आउँदैछ ।
  • साङ्गेतिक ब्यान्डमंगोलियन हार्टु यूएईको दुबईमा गुञ्जँदैछ । युएईस्थित बरदुबईमा ठूलो लगानीमा नेपालीले खोलेको ुनाइट क्लबुको वैशाख २२ हुने उद्घाटनमा कन्सर्ट गर्ने भएको हो ।

Share This:

खेलकुद समाचार

  • सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ ।
  • इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पाँचौँ स्थानमा रहेको टोटेनह्यामलाई पराजित गरेको छ ।
  • नेपाल भलिबल संघको आयोजनामा आठौं प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल लिग अर्को महिना हुने भएको छ ।
  • नेपाल क्रिकेट संघ ९क्यान०ले बुधवार टी(२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गर्‍यो। क्यानले रोहित पौडेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
  • वेस्टइन्डिज एसँगको चौथो टी(२० खेलमा २१० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ओपनर आशिफ शेखलाई शून्य रनमै गुमाएको छ ।

Share This:

विश्व समाचार

  • भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) का राष्ट्रिय सचिव अतुलकुमार अन्जानको निधन भएको छ ।
  • कयौँ दिनदेखिको मुसलधारे वर्षाका कारण दक्षिण ब्राजिलमा बिजुली उत्पादनका लागि बनाइएको बाँध भत्किँदा ३० जनाभन्दा धेरैको मृत्यु भएको छ ।
  • जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी आइतवार गर्ने नेपाल भ्रमणमा जापानबाट नेपालमा लगानी भित्र्याउने विषयलाई प्रमुखताका साथ उठाइने अधिकारीहरूले बताएका छन्।
  • चीनले नेपाली नागरिकलाई भिसा शुल्क नलिने निर्णय गरेसँगै यसले दुई देशबीचको नागरिकस्तरको सम्बन्ध सहजीकरण गर्ने अधिकारीहरूले बताएका छन्।
  • टर्कीले इजरायलसँगको सम्पूर्ण व्यापारिक सम्बन्ध तोडेको छ। गाजामा इजरायलका कारण मानवीय संकट गहिरिँदै गएको भन्दै टर्कीले सम्पूर्ण व्यापारिक सम्बन्ध तोडेको हो।

Share This:

आर्थिक समाचार

  • बिहेको लगन चलिरहँदा सुनको भाउले नयाँ–नयाँ कीर्तिमान बनायो । यही क्रममा सुनको मूल्य वैशाख ८ र ९ मा प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुग्यो । सुनको भाउले कीर्तिमान कायम गरेपछि गहना बजार सुस्त बन्यो ।
  • चालु आर्थिक वर्षमा वित्तीय र बिमा क्षेत्रको वृद्धिदर ७.८० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।
  • आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमा रहेको छ ।
  • नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबारे सुझाव दिन विज्ञहरू सम्मिलित सल्लाहकार समिति गठन गरेको छ ।
  • बागलुङ बजारको मुख्य सडक छेउमा एउटा सटरको १० देखि २० हजारसम्म भाडामा लगाइएका छन् ।
  • ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ ९प्लास्टिक विरुद्ध पृथ्वी० अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ ।

Share This:

प्रेरक भनाई

  • साहस र हौसला कहिल्यै नछोड्नुहोस् किनकी राम्रा र खराब दिनहरु जिन्दगी आइ नै रहनेछन् ।
  • शक्ति र समयको घमण्ड नगरौ पसल त्यसको पनि लुटिन्छ, जो दिनभर हजारौं ताला बेचेर बस्छ ।
  • नराम्रो त्यही हुन्छ जो सबैसंग राम्रो बनेर थाकीसकेको हुन्छ
  • आवश्यकता भन्दा बढी आराम अनि औकात भन्द बढी मायाले मान्छेलाई अपाङ्ग बनाइदिन्छ ।
  • शिक्षाले मात्र होइन इच्छाले मानिसलाई महान बनाउदछ ।
  • महान व्यक्ति कुर्सीमा होइन, काममा रमाउछन् ।
  • जित्ने मान्छे त्यही हो जसलाई मेलै जित्न सक्छु भन्ने विश्वास छ ।
  • जिन्दगीमा खुसी खोज्दा नै पीडालाई पास् गर्न सिक्नुपर्छ ।
  • जिन्गीमा तेस्को पछाडी कहिल्यै नलाग्रुस जसलाई तपाईले खुसी पार्नु परोस् तेस्को पछि लाग्रुस जस्ले तपाईलाई खुसी पार्छ
  • मनलाई फुल जस्तो होइन पत्थर जस्तो बनाउनुहेस् किनकी यहाँ फुल चुडेर पत्थरलाई पुजा गर्ने चलन छ ।
  • बाटो अनि यात्रा आफुले तय गर्ने हो भगवानले त पूरै जिन्दगी दिएका छन् बाच्न अनि हास्न लाइ ।

Share This:

राजनीति समाचार

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
  • प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएको बताएका छन्।
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्वासी बस्ती भत्काउने काम नगर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् ।
  • उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अब पहुँचका भरमा माफी मिनाहा हुने परिपाटी सदैका लाग बन्द हुने जनाएका छन् ।
  • नेपाली काँग्रेसका सभापति शेरबहादुर सभापति देउवाले अहिलेको चुनौतीको सामना गर्न पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

Share This:

प्रेरक कथा (मान्छेको बली)

महात्मा गान्धी एकपटक आफ्नी श्रीमती कस्तुरबासँग चम्पारन भन्ने गाउँमा केही दिनका लागि गएका थिए । एकदिन उनी आफ्नी श्रीमतीसँग गफ गदै चर्खामा बुनिरहेको थिए । अचानक घर बाहिर होहल्ला सुनियो । दुवै पति पत्नी हल्ला सुनेर घर बाहिर आए । घर बाहिर बाटोमा बाजा गाजा बजाउँदै फूल मालाले सजाएर एउटा बोकालाई कालीको मन्दिरमा बलि दिन लगिदै थियो । त्यो देखेर कस्तुरबालाई त्यस बोकाको माया लागेर बलि दिन उचित लगानीले भविष्य सुखद बनाउँछ । रोक्न महात्मा गान्धीलाई अनुरोध गरिन् । त्यसपछि गान्धीले ति व्यक्तिहरु सँग सोधे ‘यो बोकाको बलि दिएर तिमीहरु के पाउँछौ ? ’ ति मध्ये एउटाले भन्यो ‘यो बोकाको बलि दिए पछि देवी खुशी हुनेछिन् र हाम्रो रोग, दुःख, गरीबी सबै भाग्नेछ, साथै गाउँमा सुख शान्ति छाउँनेछ ।‘ त्यस पछि गान्धीले फेरी अर्काे प्रशन सोधे ‘मानिस र जनावरमा को श्रेष्ठ छ ?‘ त्यो व्यक्तिले तुरुन्त ‘मानिस’ भन्यो । त्यसपछि गान्धीले मुस्कुराउदै भने ‘जब मानिस जनावर भन्दा श्रेष्ठ हो भने जनावरको साटो मानिसको बलि दिदा देवी झन् खुशी हुनेछिन् । लु भन तिमीहरु मध्ये को देवीको अघि बलि दिन तैयार छौ?’
यो कुरा सुन्ना साथ सबै चूपचाप भए । त्यसपछि गान्धीले भने ‘ यदि तिमीहरु कोही बलि दिन तैयार छैनौ भने म बलि चढ्न तैयार छु ।’ त्यसपछि गाउँलेहरु गान्धीका अगाडी नतमस्तक भए र बोकालाई छोडी दिए र आउँदो दिनमा बलि नचढाउने प्रण गरे ।

Share This:

असल र सफल विद्यार्थीका बानीहरु

  • दैनिक तालिका बनाउनुहोस्
  • नोट गर्ने बानी बसाल्नुहोस्
  • अध्ययनको स्थान चयन गर्नुहोस्
  • टीमवद्व अध्ययन गर्नुहोस्
  • प्रश्न गर्ने बानी बसाल्नुहोस्

Share This:

चुट्किला

दुईजना नेताहरु हेलिकप्टरमा चढेर बाढिग्रस्त क्षेत्र निरिक्षण गरिरहेका थिए।
पहिलो नेताः यदिँ मैले यहाँबाट ५०० को नोट फ्याँके भने त्यी पिडित जनता कति खुसी होलान हगि?
दोस्रो नेताः मैले पनि यहाँबाट १००० को नोट फ्याँके भने झन् कति खुसी होलान त?
दुवै नेताको कुरा सुनेर पाइलटलाई साह्रै रिस उठेछ र झोकिदैँ भनेछ.
पाईलटः यदि मैले तपाईहरु दुवैलाई यहाँबाट फ्याँके भने त्यी जनताहरु सबैभन्दा बढि खुसी हुन्छन।।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com