निमोनिया के हो ? निमोनिया हुन लाग्यो भनेर कसरी थाहा पाउने ?

 विश्व स्वास्थ्य सङ्गठनका अनुसार निमोनिया विश्वभरि सबैभन्दा धेरै बालबालिकाहरूको ज्यान लिने सङ्क्रमण हो । सन् २०१९ को एक आँकडा अनुसार उक्त वर्ष पाँच वर्ष मुनिका ७ लाख ४० हजार १८० जना बालबालिकाहरूको यो सङ्क्रमणका कारण मृत्यु भएको थियो।

जुन सङ्ख्या त्यो वर्ष मृत्यु भएका यो उमेर समूहका बालबालिकाहरूको कुल सङ्ख्याको १४ प्रतिशत थियो।

निमोनिया के हो ?

न्यासनल फाउन्डेसन फर इन्फेक्सिअस डिजिज्‌ एनएफआईडीका अनुसार निमोनिया भनेको फोक्सो सुन्निने अवस्था हो र सङ्क्रमणका कारण यस्तो समस्या हुन्छ।

जो कसैलाई पनि निमोनिया हुनसक्छ तर केही मानिसहरूमा यसको सङ्क्रमणले उच्च जोखिम निम्त्याउन सक्छ।

लक्षण के के हुन्छन् ?

यसका लक्षणहरू ज्वरो आउने, चिसो महसुस हुने, खोकी लाग्ने, श्वासप्रश्वासको समस्याका साथै कमजोरी लगायत हुन्।

निमोनियाको उपचार कसरी गरिन्छ ?

यसको सङ्क्रमण एन्टिबायोटिकबाट निको हुने अवस्थामा निमोनियाको उपचारका लागि त्यस्ता औषधी चलाइने गरिन्छ। तर केही मानिसहरूलाई एन्टिबायोटिक नचाहिन पनि सक्छ।

धेरै मानिसहरूलाई दुई देखि चार सातामा यो निको हुन्छ।

निमोनिया हुनबाट कसरी जोगिने ?

फ्लू भाइरस वा निमोकोकल ब्याक्टेरियाले निम्त्याउने निमोनियाबाट बच्नका लागि खोप पनि लगाउन सकिन्छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com