Skip to content
- म अत्यन्त सरलतापूर्वक जीवनयापन गर्ने शिक्षा दिन चाहदिन तर म एउटा कठिन श्रमशील जीवन यापन गर्ने शिक्षा दिन चाहन्छु ।
- चाहे जति वर्षबाँच, तर याद राख, जीवनको पहिला बीस वर्षसबभन्दा बहुमूल्य हुन्छ ।
- जीविकाको लागि लोकको विरुद्ध हुने व्यवहार नगर्नू ।
- यदि झुठ्ठा बोल्दा कसैको ज्यान बच्दछ भने देखि त्यस्तो झुठ पाप होइन पुण्यः हो ।
- लडाइमा हारिन्छ कि भनेर डराउनेले स्वतः हार्नुपर्दछ ।
- भित्रैबाट डराउने मानिस त्यति नै बहादुर पनि हुन सक्छन् ।
- अन्तरमुखी हुनु पनि तपस्या गर्नु नै हो ।
- तृष्णा सन्तोषको शत्रु हो, यसले जहाँ पाइला राख्छ, त्यहाँबाट सन्तोष भगाइदिन्छ ।
- दाम्पत्य जीवन सफल असल मानिस रोजेर मात्र हुन सक्दैन, त्योभन्दा तपाई अझ असल भए मात्र हुनसक्छ ।
- ठग जति चलाख भयो त्यति नै हानी गर्छ र सज्जन जति(जति चलाख भयो उसले त्यति नै हित गर्छ ।