- यस देशलाई ‘प्लेस अफ प्याराडाइस’ पनि भन्ने गरिन्छ ।
- प्राकृतिक सम्पदाले भरिपूर्ण यस देशमा घुम्नका लागि धेरै राम्रा राम्रा ठाउँ छन् ।
- यस देशमा केही यस्ता ठाउँहरु पनि रहेका छन् जहाँ सुर्य अस्ताउँदैन ।
- सन् १९०० मा यो देश स्विडेन र डेनमार्कको स्वामित्वमा रहेको थियो ।
- तर सन् १९०५ मा यो राष्ट्र स्विडेन र डेनमार्कबाट अलग भएर एक स्वतन्त्र राष्ट बन्यो ।
- क्षेत्रफलको हिसाबमा नर्वे विश्वमा ६७ औं नम्बरमा पर्छ भने जनसंख्याको हिसाबले नर्वे १२० औं ठूलो राष्ट्र हो ।
- नर्वेको ४८ प्रतिशत भुभाग जंगलले घेरिएको छ ।
- जहाँ पुरा विश्व जलवायु परिवर्तनको चिन्तामा रहेको छ तर नर्वेलाई भने जलवायु परिवर्तनको कुनै चिन्ता रहेको छैन ।
- नर्वे धनी राष्ट्रमध्ये छैटौं स्थानमा पर्दछ ।
- यस देशको सबै शिक्षाहरु निशुल्क रहेका छन् ।
- नर्वेमा मे महिनादेखि जुलाईसम्म सुर्य रातमा पनि देखिन्छ ।
- यहाँ सुर्य पूर्णरुपमा अस्ताउँदैन । दिन होस् या रात यहाँ उज्यालो हुन्छ ।
- यस देशमा ठूला झरनाहरु पनि रहेका छन् ।
- विश्वको सबैभन्दा लामो सुरुङ (२४ किलोमिटर) पनि यसै देशमा रहेको छ ।
नर्वेबारे रोचक तथ्यहरु (जहाँ रात हुँदैन।)
