- कमबोडियाको कम्पोङ स्पेउ प्रान्तको चबरमोर्न सहरको सैन्य क्षेत्र ३ को हतियार भण्डारणस्थलमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको छ।
- हमास समूहले गत वर्षको ७ अक्टोबरमा इजरायलमा आक्रमण गरी बन्धक बनाएका अर्का एक व्यक्तिको भिडिओ जारी गरेको छ।
- नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
- युक्रेनी सेनाले रसियासँगको युद्धका क्रममा बन्दी बनाइएका पाँच नेपालीसहित आठ विदेशी सैनिकलाई सार्वजनिक गरेको छ ।
मनोरञ्जन समाचार
- काठमाडौंको मण्डला थिएटरमा २०७३ भदौमा मञ्चन भएको थियो– ‘बोक्सीको घर’, निर्देशक सुलक्षण भारतीले अहिले भने नाटकलाई अझ फराकिलो पारेर ठूलो पर्दामा पस्केका छन् ।
- शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म बोक्सीको घरु मा समावेश गीत बुझिनँ मैलेु लाई छोटो समयमै युट्युबमा एक करोड बढी पटक हेरिएको छ।
- नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।
खेलकुद समाचार
- स्पिनरहरूको दबदबापछि नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको दोस्रो खेल जित्न १६१ सय रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १६०–७ को स्कोर बनायो ।
- दुई गोलले पछाडि रहेको स्थितिमा चेल्सीले शनिबार इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–२ को बराबरीमा रोकेको छ । यो नतिजाले भिल्लाको शीर्ष चारको सम्भावनामा धक्का पुगेको छ ।
- च्याम्पियन नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्ना सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।
स्वस्थ्य समाचार
- आज पुस शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा देशका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ ।
- आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै छ ।
- दक्षिण एशियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर हुने गरेको पाइएको छ ।
- काठमाडौँ महानगरपालिका ९कामपा०ले लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी सूचना जारी गरेको छ ।
- विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दो छन् ।
वैवाहिक जीवनमा आउनसक्ने समस्याका प्रमुख कारण र समाधान
- गलत जोडीको छनोट,समस्या समाधान गर्न नजान्नु, गलत सल्लाहलिनु, हकखोज्ने तर कर्तव्य पूरा नगर्ने बानीभएमा, अस्वस्थ र असुरक्षित परिवार, गलत कारणबाट अभिप्रेरित भएर विवाह गर्नु ,श्रीमान् र श्रीमतीआ–आफ्नो कर्तव्यमा चुक्नु , आफ्नो जोडीको बारेमा बुझ्न र भिन्नता थाहा पाउन समय नबिताउनु,
- घरायसी काम कर्तव्यमा विश्वासयोग्य नहुनु, बाल–बच्चा हुर्काउने कार्यमा असमझदारिता
- पेसा नहुनु र आर्थिक रूपमा टाट पल्टिनु, मद्यपान, कुटपिट र कलह ,रिस तथा क्रोध, झुटो कुराहरू गर्नु ,यौन रोग तथा यौन असन्तुष्टता, सञ्चार नहुनु वा गडबडी हुनु, योजना र उद्देश्य नमिल्नु
समस्याको समाधान (परामर्श)
दाम्पत्य जीवनमा आइपरेका समस्याको वास्तविक कारण पत्ता लागेपछि त्यसलाई समाधान गर्नुपर्छ। यसको निम्ति पति वा पत्नी दुवै जनाले मूल्य चुकाउनुपर्छ। जसको निम्ति माथिका कुराहरू राम्रोसग अध्ययन गरेर इमान्दारीपूर्वक व्यवहारमा कार्यान्वयन गर्नुहोस्। अतः यी खण्डहरूमा वर्णन गरिएका कुराहरूको संक्षिप्त जानकारी यस प्रकार छः
– विवाहलाई बोट बिरुवाझैँ हुर्काउनुपर्छ।
– विवाहपश्चात् दुई प्राणी एक हुन्छन्। शरीर दुई भए पनि एउटै प्राण सम्झनुपर्छ।
– जीवन–साथीको महत्व अनुसार एउटाले अर्कोलाई कदर गर्नुपर्छ।
– आफ्नो जोडीको बारेमा जानकारी लिन सधैंँ समय बिताउनुपर्छ।
– एउटाले अर्कोको प्रशंसा वा कदर गर्नुपर्छ।
– एउटाले अर्कोलाई सधँैं सहयोग गर्नुपर्छ।
– आफू जान्ने–सुन्ने होइन, तर सेवकको हृृदय हुनुपर्छ।
– हरेक व्यक्तिमा कमजोर र बलिया पक्षहरू हुन्छन् भन्ने बिर्सनु ह“ुदैन।
– शारीरिक प्रेममा (यौन कार्यमा) दक्षता हासिल गर्नुपर्छ।
– असल अभिभावक बन्न पूरा तयारी गर्नुपर्छ र मूल्य चुकाउनुपर्छ।
– परिवारको पालन–पोषणमा विशेष ध्यान दिनुपर्छ।
– जोडीबाट आफूले जे चाहनुहुन्छ आफूले पहिला त्यस्तै गर्नुपर्छ।
– विवाहको अन्तर्सम्बन्धमा सधैंँ होसियार हुनुपर्छ।
आर्थिक समाचार
- तेस्रो लगानी सम्मेलनको पहिलो दिन दुई वटा विषयमा सम्झौता भएको छ । आज काठमाडौंमा आयोजित तेस्रो लगानी सम्मेलनमा दुई वटा सम्झौता भएको हो ।
- यसवर्षको हिमालको लागि स्वीकृति दिए बापत सरकारले ६३ करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।
- राष्ट्रिय योजना आयोगले आर्थिक वृद्धिदरको लक्ष्य सात दशमलव तीन प्रतिशत राखेको छ ।
- सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
प्रेरक कथा (रिसमा पछुताउनु पर्ने कुरा नभन्नुहोस्)
“एक पटक एउटा सानो केटा थियो जसको स्वभाव धेरै खराब थियो। उनका बुबाले उसलाई कीलाको झोला दिने निर्णय गरे र भने कि जब केटाले आफ्नो रिस गुमाए, उसले बारमा कीला हान्नुपर्छ।
पहिलो दिन, केटाले त्यो बारमा ३७ वटा कीलाहरू हाने।
केटाले बिस्तारै बिस्तारै अर्को केही हप्ताहरूमा आफ्नो रिसलाई नियन्त्रण गर्न थाल्यो, र उसले बारमा हान्ने कीलहरूको संख्या बिस्तारै घट्दै गयो। उसले पत्ता लगायो कि ती कीलहरू बारमा हथौडा गर्नु भन्दा आफ्नो रिस नियन्त्रण गर्न सजिलो थियो।
अन्ततः, त्यो दिन आयो जब केटाले आफ्नो रिस हराएको थिएन। उसले आफ्नो बुबालाई खबर सुनायो र बुबाले आफ्नो रिस नियन्त्रणमा राखेर केटाले अब हरेक दिन एउटा कीला तान्न सुझाव दिए।
दिनहरू बित्दै गयो र जवान केटाले अन्ततः आफ्नो बुबालाई बताउन सक्षम भयो कि सबै किलाहरू हराएको छ। बुबाले छोराको हात समातेर बारमा लगे।
‘तिमीले राम्रो गर्यौ छोरा, तर बारका प्वालहरू हेर। बार कहिल्यै एकनास हुनेछैन। जब तपाईं रिसाएर कुरा गर्नुहुन्छ, तिनीहरूले यस्तै दाग छोड्छन्। तपाईं एक मानिस मा एक चक्कु राख्न र यसलाई बाहिर निकाल्न सक्नुहुन्छ। जति चोटि मलाई माफ गरिदेउ भनी फरक पर्दैन, घाउ अझै बाँकी छ।
प्रेरक भनाई
१, उपकार गर्नेलाई प्रत्युपकार गर्न बिर्सनुहुन्न
२, अरुको सम्मान गर्नेहरू नै सम्मान लायक हुन्छन्
३, गुरु बिना उन्नति र प्रगति सम्भव छैन
४, आत्मसम्मान हामी सबैको पहिलो धर्म हो
५, अहिंसा जीवनको एकमात्र बाटो हो
६, प्रयोग गर्न नजान्ने हो भने धर्म पनि दुःखको कारण बन्न सक्छ
७, सम्प्रदायमा जन्मनु राम्रै भए पनि सम्प्रदायमा मर्नु भने राम्रो होइन
८, ईश्वर सर्वत्र छन्
९, धर्म बिनाको विज्ञान लङ्गडो र विज्ञान बिनाको धर्म अन्धो हुन्छ
१०, परहितभन्दा ठूलो धर्म र परपीडनभन्दा ठूलो पाप अर्को हुन्न
राजनीतिक समाचार
- इलाम–२ मा मतगणना सुरू भएको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्।
- कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् ।
- बझाङ प्रदेशसभा १० मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ ।
- मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
चुट्किला
एक फिल्म डाइरेक्टरले नया हिरोइनलाइ उसको सीन सम्झाउँदै भन्छः तिमीलाई नदिमा झर्नबाट हिरोले बचाउँछ र आफ्नो काँधमा राखेर नदिको नजिकै रहेको आफ्नो घरमा लिएर जान्छ।
हिरोइनले गम्भीर हुदै, त्यसपछि मलाई कसले बचाउँछ। त ।।