प्रेरक कथा (काठको कचौरा)

एउटा वृद्ध व्यक्ति शहरमा आफ्नो छोरा बुहारीसँग बस्न गए ।

उमेरको यस चरणमा, ऊनी निकै कमजोर भई सकेका थिए, उनका हात काम्ने गर्थे र राम्रो सँग देख्न पनि कम भई सकेको थियो ।

शहरमा घर सानो थियो, जसमा ऊनि, उनको छोरा बुहारी र चार वर्षे नाति बस्ने गर्थे र सम्पूर्ण परिवार डाइनिंग टेबलमा सँगै खाने गर्थे । तर बुढ्यौलीको कारण, ऊनि वृद्ध व्यक्तिलाई खानामा कठिनाई हुने गर्थ्यो । कहिलेकाहीं मटरका दानाहरू चम्चाबाट झर्ने गर्थे त कहिले काम्ने हातले गर्दा दूध पोखिएर टेबुलको कपड़ा खराब हुने गर्थ्यो ।

छोरा(बुहारीले एक दुई दिनसम्म यी सबै सहने काम गरे, तर अब तिनीहरू आफ्ना बाबुको यस कामबाट रिसाउन थाले । “हामीले अब यहाँको लागी केहि गर्नु पर्छ”, छोराले भन्यो। बुहारीले पनि होकार्दै भनी, “हामीले आखिर कहिले सम्म यहाँको कारणले गर्दा आफ्नो खाने बर्वाद पार्ने हो ? र हामी यसरी चीजहरूको नोक्सान भई रहेको देख्न सक्दैनौं।”

भोलिपल्ट जब खाना खाने समय भयो, छोराले कोठाको कुनामा एउटा पुरानो टेबल राख्यो, अब वृद्ध बुबालाई त्यहाँ एक्लै बसेर खाना खानु पर्ने थियो । उहाँको खाना खाने भाँडाकुँडाहरूको ठाऊँमा एउटा काठको कचौरा दिइयो, ताकि कुनै भाँडा झरेर नफुटोस् ।

बाँकीहरू पहिले जस्तो मज़ासँग बसेर डाइनिंग टेबलमा खाना खान्थे, र कहिलेकाँही उनी वृद्ध तिर हेर्दा उनको आँखामा आँसु हुन्थे । यो देखेर पनि, छोरा(बुहारीको मन पग्लँदैन थियो, उल्टो ती वृद्धको सानो गल्तीमा पनि उनलाई धेरै कुराहरु सुनाउने गर्दथे । सानो नातिले यो सब ध्यानपूर्वक हेरिरहेको हुन्थ्यो तर बाल्यकालको अवस्थानुसार आफैमा रमाई रहन्थ्यो ।

एक रात, खाना खानु अघि वृद्धका छोराबुहारीले आफ्नो सानो छोरालाई भुइँमा बसेर केही गरी रहेको देखे, “तिमी के बनाउँदैछौ, छोरा ?” बाबुले सोध्यो !

बच्चाले निर्दोष संग जवाफ दियो – “बुवा, म तपाईका लागि काठको कचौरा बनाउँदैछु । मैले थाहा पाई सकें कि ठुलो भएपछि आफ्नो बुवालाई काठको कचौरामा खाना दिनु पर्दो रहेछ ।”

यति भन्दै ऊ फेरि आफ्नो काममा व्यस्त भई हाल्यो ।

तर यस कुराले त्यसका आमाबुबालाई गहिरो प्रभाव पार्‍यो, उनिहरुको मुखबाट एक शब्द पनि निस्किएन तर आँखाबाट आँसु झर्न थाले । उनी दुईटैले बुझिसकेका थिए अब के गर्ने भनेर । त्यो राति उनीहरूले आफ्नो वृद्ध बुबालाई खाना खाने टेबलमा फिर्ता ल्याए, र फेरि कहिल्यै नराम्रो व्यवहार उहाँसँग गरेनन् ।

Share This:

राजनीतिक समाचार

  • जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अस्वीकार गरेका छन् ।
  • क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित जबरजस्ती करणी मुद्दाको सुनुवाइ मङ्गलवार उच्च अदालत पाटनमा हुँदै छ।
  • हिमालय ऊर्जा विकास कम्पनीले आर्थिक वर्षको त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
  • सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा भएको छ ।
  • नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ ।
  • सरकारले आउँदो आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

Share This:

नर्वेबारे रोचक तथ्यहरु (जहाँ रात हुँदैन।)

  • यस देशलाई ‘प्लेस अफ प्याराडाइस’ पनि भन्ने गरिन्छ ।
  • प्राकृतिक सम्पदाले भरिपूर्ण यस देशमा घुम्नका लागि धेरै राम्रा राम्रा ठाउँ छन् ।
  • यस देशमा केही यस्ता ठाउँहरु पनि रहेका छन् जहाँ सुर्य अस्ताउँदैन ।
  • सन् १९०० मा यो देश स्विडेन र डेनमार्कको स्वामित्वमा रहेको थियो ।
  • तर सन् १९०५ मा यो राष्ट्र स्विडेन र डेनमार्कबाट अलग भएर एक स्वतन्त्र राष्ट बन्यो ।
  • क्षेत्रफलको हिसाबमा नर्वे विश्वमा ६७ औं नम्बरमा पर्छ भने जनसंख्याको हिसाबले नर्वे १२० औं ठूलो राष्ट्र हो ।
  • नर्वेको ४८ प्रतिशत भुभाग जंगलले घेरिएको छ ।
  • जहाँ पुरा विश्व जलवायु परिवर्तनको चिन्तामा रहेको छ तर नर्वेलाई भने जलवायु परिवर्तनको कुनै चिन्ता रहेको छैन ।
  • नर्वे धनी राष्ट्रमध्ये छैटौं स्थानमा पर्दछ ।
  • यस देशको सबै शिक्षाहरु निशुल्क रहेका छन् ।
  • नर्वेमा मे महिनादेखि जुलाईसम्म सुर्य रातमा पनि देखिन्छ ।
  • यहाँ सुर्य पूर्णरुपमा अस्ताउँदैन । दिन होस् या रात यहाँ उज्यालो हुन्छ ।
  • यस देशमा ठूला झरनाहरु पनि रहेका छन् ।
  • विश्वको सबैभन्दा लामो सुरुङ (२४ किलोमिटर) पनि यसै देशमा रहेको छ ।

Share This:

नुहाएपछि छाला फुस्रो हुन नदिन यी उपायहरु अपनाउनुहोस् ।

  • तातो पानी प्रयोग नगर्ने
  • बास्नादार साबुन नरोज्ने
  • हनी प्याकको प्रयोग
  • मस्चराइजर लगाउने

Share This:

खाना खाए लगत्तै पेट दुख्ने कारण र समधानका उपाय

रोगका कारण हुने पेट दुखाइ

  • पेटको शल्यक्रिया
  • कब्जियत
  • अल्सर
  • भाइरल इन्फेक्सन
  • कार्वोनेटेड खानाको अत्यधिक प्रयोग
  • ग्यासयुक्त पेय पदार्थ
  • प्रदूषित खाना

बच्ने उपाय

  • साँधेको, पोलेको, तारेको मासुका परिकार सकेसम्म नखाने।
  • धूमपान र मध्यपानको प्रयोग नगर्ने।
  • पेट दुखेको निको पार्न अनुमानका भरमा औषधिको प्रयोग नगर्ने।
  • प्रसस्त शुद्ध पानी पिउने।
  • जङ्क फुडको प्रयोग नगर्ने। सकभर घरमै पकाएको ताजा खानेकुरा खाने बानी बसाल्ने।
  • पेट सम्बन्धी समस्या भएमा चिकित्सकको परामर्श लिने।
  • खाना समय लगाएर विस्तारै चपाएर खाने।
  • चना, केराउजस्ता गेडागुडी खाँदा एक दिन भिजाएर राख्ने र अर्को दिन सफा गरेर राम्रोसँग पकाएर मात्र खाने।
  • नियमित व्यायम गर्ने।
  • बढी चिल्लो, पिरो, अमिलो खाने कुरालाई कम गर्ने।

Share This:

विक्रिका लागि रणनितिक योजनाहरु

  • आफ्नो खरीददारहरू बुझ्नुहोस्
  • आफ्नो बिक्री समय व्यवस्थापन गर्नुहोस्
  • एक दिगो बिक्री प्रक्रिया निर्माण गर्नुहोस्
  • आपत्तिहरूको लागि तयारी गर्नुहोस्
  • सधैं आशावादी हुनुहोस्
  • गुणस्तरमा ध्यान दिनुहोस्, मात्रामा होइन

Share This:

आँखाको व्यायाम गर्नु पनि जरुरी छ !

  • आँखा चिम्लिने खोल्ने गर्नुहोस्
  • आँखालाई तलमाथि गनुहोस्
  • आँखा क्रस गर्ने
  • आँखालाई चारैतिर घुमाउनुहोस्
  • लाइनलाई हेर्ने अभ्यास
  • आँखालाई सेक्ने

Share This:

व्यक्तित्वमा निखार ल्याउन के गर्ने ?

  • आफैँलाई बुझ्नका लागि पर्याप्त समय खर्चनुस् ।
  • आफ्नो बलियो पक्ष, कमजोर पक्ष, नियाल्नुहोस् ।
  • अरूका कुरा सुन्नुहोस् ।
  • सधैँ नयाँ कुरा सिक्नेबारे सोच्नुस् ।
  • नयाँ योजनाहरूप्रति सधैँ खुला र सकारात्मक रहनुस् ।
  • परिवर्तनलाई स्विकार्ने इच्छाशक्ति राख्नुस् ।
  • मानिसहरूसँग नम्र भएर प्रस्तुत हुनुस् ।
  • सामाजिक रूपमा घुलमिल हुन सक्ने कला विकास गर्नुस् ।

Share This:

तपाईँले प्रयोग गर्नुभयो, फेसबुक भएको ‘पोक’ फिचर ?

फेसबुकमा कसैलाई ‘पोक’ गर्नुको अर्थ के हो ? के यसको अर्थ जिस्काएको, सम्झेको भन्ने हुन्छ ? सरल भाषामा बुझ्दा पोकले यी अर्थ समेट्छन् । फेरि अर्को तर्फभन्दा ठ्याक्कै यी मात्र पोकको अर्थ होइनन् । हुन त फेसबुक आफैंले वास्तवमा पोक के हो भनेर बताएको छैन ।

धेरैले पहिलो पटक पोकको अनुभव गरेको विभिन्न अन्तराष्ट्रिय प्रविधि मिडियाले बताएका छन् ।

फेसबुकका साथीले पोक गरेपछि देखिने सूचना

वास्तविक जीवनमा कसैलाई केही भन्न हातले कोट्याउने अनुभव सायद तपाईंसँग हुन सक्छ । पोकको आधारभूत अर्थ यही हो । त्यसका आधारमा फेसबुकको पोकको अर्थ कसैलाई आफूतिर ध्यानाकर्षण गराउनु हो ।
जसरी दैनिक जीवनमा आफूतिर आकर्षण गराउन विभिन्न व्यक्तिले फरक–फरक तरिका अपनाउन सक्छन् । जुन सन्दर्भ अनुसार राम्रो र नराम्रो दुवै हुन सक्छ ।

त्यस्तै पोक गर्ने फिचर आफ्ना साथीसँग मात्र सीमित छ । अर्थात् फेसबुकमा नजोडिएका व्यक्तिलाई पोक गर्न सकिँदैन । यदि तपाईंले कसैलाई पोक गरे उनीहरूहरूले “(तपाईंको नाम) पोक्ड यू’ भन्ने सूचना प्राप्त गर्छन् । त्यसपछि उनीहरूले पोक ब्याक गर्न अथवा बेवास्ता गर्न सक्छन् ।

Share This:

प्रेरक भनाई

  • खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ । मनमा लागेको चोटले समझदारीसाथ जिउन सिकाउँछ ।
  • भाग्यको ढोकामा मुड्की बजार्नु भन्दा राम्रो हो कर्मको तुफान पैदा गर । भाग्यको ढोका आफै खुल्छ ।
  • पानीमा डुब्नसाथ कसैको मृत्यु हुँदैन । मृत्यु त तब हुन्छ जब पानीमा तैरन जान्दैनन् । परिस्थिति कहिलेपनि समस्या बन्दैन । समस्या त तब बन्छ, जब त्यसलाई सम्हाल्न सक्दैनन् ।
  • त्यस व्यक्तिप्रति ध्यान नदेउ जो तिम्रो पीठ्युँ पछाडि कुरा गर्छ । यसको सोझो अर्थ हो तिमी उनीभन्दा दुई कदम अगाडि छौं ।
  • संसारमा यदि एकदमै राम्रो कुरा सोच्ने हो भने सर्वप्रथम त कुनै खराब कुरा सोच्न बन्द गर ।
  • पहिले मान्छेले सिकाएका थिए, समय बद्लिन्छ । अहिले समयले सिकायो कि, मान्छे पनि बद्लिन्छ ।
  • अवसर र सूर्योदयमा एउटै समानता छ । ढिलो गर्नेलाई यसले पर्खदैन ।
  • ऐना हो जिन्दगी । तिमी मुस्कुराउ, जिन्दगी पनि मुस्कुराउँछ ।
  • खुसी हुनुको अर्थ यो होइन कि तिम्रो सबैकुरा ठीक छ । यसको अर्थ त यो हो कि तिमीले दुःखबाट उठेर जिउन सिक्यौं ।
  • कसैलाई असहज स्थितिमा साथ देउ, हात देउ, हिम्मत देउ, आशा देउ । किनभने खराब स्थिति त केही समयमा गुज्रिएर जान्छ । तर, तिमीले दिएको साथ र हिम्मत उसको जिन्दगीभर रहन्छ ।
  • केही नयाँ काम गर्नका लागि तिमी महान हुन आवश्यक छैन । तर, महान हुनका लागि केही नयाँ काम गर्न जरुरी छ ।
  • जो आफैमा खुसी हुन्छन्, उनीहरुको संसार पनि खुसी हुन्छ ।
  • तिमीले आफ्नो भविष्य बदल्न सक्दैनौं तर प्रवृत्ति बदल्न सक्छौं । जब प्रवृत्ति बदल्छौं, भविष्य आफै बद्लिन्छ ।
  • सबैभन्दा तिब्र उही हिँड्छ, जो एक्लै हुन्छ । तर, टाढासम्म उही पुग्छन्, जो सबैलाई साथमा लिएर हिँड्छन् ।
  • क्रोधको बेला केही समय रोक्नुपर्छ । गल्तीको बेला केही झुक्नुपर्छ । संसारको सबै समस्या हल हुन्छ ।
  • जिन्दगीलाई बुझ्न बहुत मुस्किल छ । कोही सपनाका खातिर आफन्तबाट टाढा हुन्छन् । कोही आफन्तका खातिर सपनाबाट टाढा रहन्छन् ।
  • जसलाई जे भन्नुछ भन्न दिनुपर्छ, तिमीलाई के फरक पर्छ । यो समय–समयको कुरा हो, सबैको समय आउँछ ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com