संघर्ष र सफलता

  • शत्रुलाई मित्र बनाएर शत्रुको नष्ट गर्नुपर्छ ।
  • नराम्रो हेर्नु र सुन्नु दुवै नराम्रोको सुरुवात गर्नु हो ।
  • एउटा अवगुण भए पनि हिरा ढुंगाा भन्दा असल मानिन्छ ।
  • आफुसंग भएको कुरालाई बढाई चढाई गरेर नभन्नुहोस साथै अरुसँग इष्र्या पनि नगर्नुहोस् जो अरुसँग इष्र्या गर्छन् । उनीहरुको मनमा शान्ति हुँदैन ।
  • यदि शान्ति चाहानु हुन्छ भने लोकप्रियताबाट बच्नुहोस् ।
  • आत्म सम्मान आत्म निर्भर भए पछि मात्र प्राप्त हुन्छ ।
  • गल्ति यस कुराको प्रमाण हो कि तपाई प्रयासरत हुनुहुन्छ ।
  • डराउनु नराम्रो होईन तर आफ्नो डरलाई यति ठूलो नबनाउनुहोस् कि यसले अघि बढ्न नै रोकोस्
  • एउटा सफल व्यक्तिको अनुहारमा दुईवटा कुरा हुन्छ,मुस्कान वा गंभिरता । मुस्कान समस्या हल गर्न र गंभिरता समस्याबाट टाढा बस्न ।

Share This:

के हो क्षयरोग, कसरी जोगिने र?

क्षयरोग ‘माइकोबेक्टेरियम ट्युबरक्लोसिस’ नामक कीटाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग हो । यो रोगलाई सामान्य भाषामा टीबी भनेर पनि बुझिन्छ । प्रायजसो यो रोग श्वासप्रश्वासबाट सर्ने छातीरोग विशेषज्ञ डा।दीर्घसिंह बमले बताए ।
‘सामान्यतया क्षयरोग औषधि खायो भने निको हुन्छ,’ उनले भने, ‘यदि कुनै पनि व्यक्तिको खकारमा कीटाणु देखिएको छ भने आफ्नै शरीरभित्र अन्य भागमा पनि सर्न सक्छ । फोक्सोको टीबी लागेको छ भने छालामा, दिमागमा, पेटमा वा हड्डीमा सर्न सक्छ । अर्थात् शरीरको सम्पूर्ण भागमा जान सक्छ ।’
  • क्षयरोगको लक्षण

क्षयरोगको लक्षण अङ्ग अनुसार फरक हुन्छ । तर सामान्यतया मान्छे दुब्लाउँदै जानु, मन्द गतिको ज्वरो आउनु र खानमा रुचि नहुनु लगायत क्षयरोगको लक्षण हुने डा। बमले बताए । ‘खोकी लाग्ने, रगत आउने यो पछिको लक्षण हो ।’ उनले भने, ‘फोक्सोको क्षयरोग भएमा खोकी लाग्ने, दिमागको क्षयरोग भएमा टाउको दुख्ने, पेटको टीबी भएमा दिसा लाग्ने होला, पेट दुख्ने होला, दुब्लाउँदै जाने होला, त्यस कारणले क्षयरोग कुन अङ्गमा सङ्क्रमण गरेको हुन्छ, सो अनुसार फरक लक्षण हुन्छ ।’

  • कसरी सर्छ यो रोग ?

सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नजिक बस्ने व्यक्तिलाई सर्न सक्ने डा। बम बताउँछन् । श्वासप्रश्वासबाट कणहरू हावामा निस्कने र त्यसको माध्यमबाट अन्य व्यक्तिमा सर्ने उनले सुनाए । ‘कुनै व्यक्तिलाई फोक्सोको टीबी छ भने त्यो व्यक्तिले जहाँ–जहाँ थुक्छ, त्यहाँ–त्यहाँ टीबीको कीटाणु हुन्छ,’ उनले भने, ‘हावाको मध्यमबाट त्यो कीटाणु अरूलाई सर्छ ।’

  • क्षयरोगको उपचार ?

क्षयरोग लागेको शङ्का लाग्नासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी निःशुल्क खकार–रगत परीक्षण गर्न सकिन्छ । क्षयरोगको उपचार गरेमा ९५ प्रतिशत निको हुने उनले सुनाए । ‘क्षयरोग नियमित रूपमा एन्टीबायोटिक औषधी खाँदा पूर्ण रूपमा निको हुन्छ,’ उनले भने, ‘उपचार अवधि भने सङ्क्रमित अङ्ग, रोगको प्रकृति हेरी फरक हुन्छ । समयमा उपचार नहुँदा परिवारका अन्य सदस्य र त्यसबाट अन्त सर्ने सम्भावना अत्यधिक हुन्छ ।’

नेपाल सरकारले ७७ जिल्लामा समुदाय स्तरका स्वास्थ्य चौकी, अस्पताल, स्वास्थ्य क्षेत्रका युनिभर्सिटी लगायतमा निःशुल्क औषधि पाइने डा। बमले बताए । ‘बालबालिकादेखि वृद्धसम्मका लागि औषधि निःशुल्क छ,’ उनले भने ।

Share This:

राजनिती समाचार

  • नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने बताएकी छन् ।
  • विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ । बिहीबार परीक्षणको रुपमा सुरु गरिएको अनलाइन प्रणालीमार्फतको सुनुवाइ आगामी आइतबारदेखि नियमित रुपमा अघि बढ्नेछ ।
  • मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले छानबिन समिति गठन गरेका छन् ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी वर्षका लागि नीति तथा कार्यक्रम बजेट निर्माणमा आफैँले कमान्ड लिने गरी तयारी गरेको बताएका छन् ।
  • सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

Share This:

प्राविधिक समाचार

  • वर्ल्डलिंकले आफ्नो कुनै बाँकी बक्यौता नभएको र कम्पनीले नयाँ अनुमति पत्रको प्रकृया समयमै शुरु गरेको भन्दै अनुमति पत्र दिन माग गर्दै रिट दायर गरेको थियो।
  • पाकिस्तानमा २० लाखभन्दा बढी नागरिकको तथ्याङ्क चोरी (चुहावट)भएको नेसनल डाटाबेस एन्ड रजिष्ट्रेसन प्राधिकरण (नाड्रा) ले जनाएको छ।
  • एप्पल भिजन प्रो यस वर्ष मुख्य भूमि चीनको बजारमा उपलब्ध हुने एप्पल प्रमुख कार्यकारी अधिकृत टिम कुकलाई उदृत गर्दै चिनियाँ सरकारी मिडियाले रिपोर्ट गरेको छ।
  • चिनियाँ शिक्षा मन्त्रालयले हालै शिक्षा प्रवर्द्धनका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अभियान सुरु गरेको छ।

Share This:

ल्यापटपलाई टिभीमा कसरी कनेक्ट गर्नेरु सजिलो तरिका यहाँ जान्नुहोस्

डिजिटल युगमा, ल्यापटप वा टिभी हाम्रो जीवनको एक धेरै महत्त्वपूर्ण भाग हो। कार्यका लागि ल्यापटप आवश्यक भए पनि मनोरञ्जनका लागि टिभी पनि चाहिन्छ।

चलचित्र स्ट्रिमिङदेखि भिडियो गेमसम्म, हामी ठूलो स्क्रिनमा हेर्न धेरै रमाइलो मान्दछौं। धेरै पटक हामीले अफिसको प्रेजेन्टेसन वा चलचित्र स्ट्रिमिङका लागि ल्यापटपलाई टिभीमा जडान गर्नुपर्छ।

ल्यापटपलाई टिभीमा कसरी कनेक्ट गर्नेरु सजिलो तरिका जान्नुहोस्

  • सबैभन्दा पहिले आफ्नो ल्यापटप र टिभी दुबै अन गर्नुहोस्।
  • यसपछि, ल्यापटप र टिभीलाई एउटै वाईफाई नेटवर्कमा जडान गर्नुहोस्।
  • अब तपाईंले आफ्नो ल्यापटपमा टगल क्लिक गरेर कास्ट वा प्रोजेक्ट विकल्प चयन गर्नुपर्छ।
  • यदि तपाईंको टिभीको नाम कास्ट वा प्रोजेक्ट ९ऋबकत यच एचयवभअत० विकल्पमा देखाइएको छ भने, त्यसमा क्लिक गर्नुहोस्।
  • यदि तपाइँको टिभीको नाम देखिएन भने, तपाइँ मोर डिस्प्ले सेटिङ्ग्स९ःयचभ म्ष्कउबिथ क्भततष्लनक० चयन गर्न सक्नुहुन्छ।
  • यहाँ तपाईले मल्टिपल डिस्प्लेमा जानु पर्छ।
  • यसपछि तपाईले कनेक्ट टू अ वायरलेस डिस्प्लेको ९ऋयललभअत तय ब धष्चभभिकक मष्कउबिथ०विकल्पमा गएर कनेक्सनमा ट्याप गर्नुपर्नेछ।
  • यसपछि ल्यापटपमा आफ्नो टिभीको नाम देखिन थाल्छ।
  • तपाईंले आफ्नो टिभीको नाममा क्लिक गर्ने बित्तिकै, तपाईंको ल्यापटप तुरुन्तै टिभीमा कनेक्ट हुनेछ।

Share This:

जीवनी (युनानका महान् कथाकार ‘ईसप’)

“उनका कथाहरुले हामीलाई नांगो आँखाले संसार हेर्न र निर्भयताका साथ जीउने शिक्षा दिन्छ । साथै अन्यायको विरोध गर्न पनि सिकाउँछ ।”

 आज ईसपको कथा संसारका हरेक देशमा पढ्ने र सुन्ने गरिन्छ । संसारका ठूला ठूला लेखकहरु उनको सम्मानमा शीर निहुर्‍याउँछन् । किनकी उनको कथामा जादु छ । उनका कथाहरुले साना देखि ठूला सबैलाई लोभ्याउँछ । उनका कथाहरु निकै लोकप्रिय छन् किनकी उनका कथाहरु सत्यतामा आधारित हुन्छन् । उनका कथाहरु पाठ्यक्रहरुमा पनि पढाइने गरिन्छ । उनका कथाहरुले हामीलाई नांगो आखाले संसार हेर्ने र निर्भयताका साथ जीउने शिक्षा दिन्छ । साथै अन्यायको विरोध गर्न पनि सिकाउँछ । तर यस्तो कथा रच्ने ईसपको जीवन पनि कुनै कथा निकै नै मार्मिक छ । उनको जन्म लगभग २५ हजार वर्ष पहिले यूनानमा भएको थियो । त्यसबेला यूनानमा दास प्रथा भरम सिमामा थियो । मानिसलाई दास बनाएर बजारमा बेचिन्थ्यो, जसरी गाई बाख्रा बेचिन्छ । धनी मानिसहरुले दासहरु किनेर लैजान्थे र मनपरी काम गर्ने लगाउँथे । उनीहरुलाई निकै यातना दिइन्थ्यो । उनीहरुलाई घोडाले जस्तै गाडी तान्न लगाइन्थ्यो, छिटो हिँड्न नसक्दा ढाडमा कोर्रा बर्साइन्थ्यो । 
            यसै गरी बजारमा बिक्ने एक दास हुन् “ईसप” । ईसप त्यसबेला नवयुवक थिए र उनी भित्र स्वाभिमान र स्वतन्त्रताको आँधी चलिरहेको थियो । उनले आफु जीतै जोशीलो र बलियो दासहरु भेला पारे जो गुलामी सहनुलाई घृणा गर्थे ।  सबैले मिलेर संगठन बनाए र विद्रोह गरे । उनीहरुको विद्रोहले धनीहरुको होस् उड्यो। उनीहरुलाई ईसप त्यस संगठनको नेता हुन् भन्ने थाहा थियो । त्यसपछि सबै धनीहरुले मिलेर ईसपलाई बन्दी बनाए । उनलाई भयानक यातनाहरु दिइयो । तातो फलामले उनको सम्पूर्ण शरीर डामियो तर पनि ईसप शान्त भईरहे । उनको मन भित्र अझै पनि स्वतन्त्र हुने सपना चल्मलाईरहेको थियो । 

Share This:

चुट्किला

एकपटक श्रीमान श्रीमती बिच झगडा भएछ । जब झगडाको कुनै समाधान भएन , ति दुवैले मन्दिरमा गएर भगवानसँग प्रार्थना गरे ।
श्रीमान्ः हे ईश्वर, यदि मेरो गल्ति छ भने मलाई माथि बोलाउनु होस् र यदि मेरो श्रीमानको गल्ति छ भने उ मरोस् ।
श्रीमतीः हे ईशवर, यदि मेरो श्रीमानको गल्ति छ भने उ मरोस् र यदि मेरो गल्ति छ भने मलाई विधवा बनाउनुहोस् ।

Share This:

सकारात्मक ज्ञान

१. संयुक्त राजय अमेरिकामा प्रत्येक व्यक्ति औसत रुपमा सात जोडी निलो जिन्सको मालिक हुन्छ ।
२. महिलाहरुका लागि नक्कली परेला बनाउने व्यक्ति हलिउडका मूक फिल्मका निर्माता डब्ल्यु ग्रिफिथ हुन् ।
३. सीटी बजाउनु फोक्सोको लागि व्यायाम हो ।
४. भालु बच्चाको जस्तै आवाज निकालेर रुन्छ ।
५. कछुवा २०० वर्षसम्म बाँच्न सक्छ ।
६. विश्वको सहारा मरुभुुमि सबै भन्दा ठूलो स्रोत हो । यहाँ १ वर्षमा ६–२० करोड टन बालुवा उत्पादन हुन्छ।
७. सारसले आफ्नो साथीको वियोगमा आत्महत्या गर्छ ।
८. स्कंक भनिने जीवले आँखा बन्द गरेर पनि देख्न सक्छ ।
९. मिश्रका १३८ पिरामीडहरु मध्ये एउटा पिरामीड मात्र विश्वको सातौ आश्चर्यको सूचिमा पर्छ ।
१०ं गाढा रंग भएको तरकारी भिटामीन सी को मात्रा बढी हुन्छ ।

Share This:

(Windows 10) Basic Windows keyboard shortcuts

  • Ctrl+W: Close.
  • Ctrl+A: Select all.
  • Alt+Tab: Switch apps.
  • Alt+F4: Close apps.
  • Win+D: Show or hide the desktop.
  • Win+left arrow or Win+right arrow: Snap windows.
  • Win+Tab: Open the Task view.
  • [Related: The fastest way to install Windows software]

Share This:

वैवाहिक सम्बन्धलाई मजबुत बनाउने केही उपायहरु

  • अधिकारवादी नहुनुहोस् ।
  • खुशी रहनुहोस्।
  • एकअर्कालाई राम्ररी बुझ्नुहोस् ।
  • बोल्नु अघि सोच्नुहोस् ।
  • माफी दिन सिक्नुहोस् ।
  • आफ्नो प्रतिबद्धताहरू राख्नुहोस्।
  • विगतलाई एक्लै छोड्नुहोस्।
  • तपाईंको जीवनसाथीलाई अवरोध गर्न बन्द गर्नुहोस्।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com