सकारात्मक ज्ञानमञ्च

१. सौर्य मण्डलका सबै ग्रहहरु बृहस्पति समाहित हुन सक्छन् ।
२. हाम्रो पेटमा जुन तेजाब हुन्छ, त्यसले ब्लडपनि पचाउन सक्छ ।
३. मानिसको कपाल तेजाबको प्रतिरोधक हो ।
४. प्राय ः शिशु जन्मिदा शिशुको आँखा निलो हुन्छ ।
५. कानको मैला (कानेगुजीं) बन्नु स्वास्थ्यका लागि राम्रो हो , यसले कामलाई विभिन्न प्रकारका ब्याक्टेरिया र किराहरुबाट बचाउँछ ।
६. गाई संसारको यस्तो प्राणी , जसले वायुबाट अक्सिजन लिई अक्सिजन नै छोड्छ ।
७. प्रकाशलाई आकाशगंगाको एउटा छेउबाट अर्काे छेउमा जान १,००,००० वर्ष समय लाग्छ ।
८.आकाशबाट झरेको बिजुली सूर्य भन्दा ५ गुणा तातो हुन्छ ।

Share This:

सही आदतले सफलता प्राप्त हुन्छ

१. सधै समयको तालमा चल्नुहोस् ।
२. पुराना गल्तिहरुबाट सिकेर अगाडी बढ्नुहोस्
३. सधै नयाँ कुरा सिक्ने प्रयास गरी रहनुहोस् ।
४. कठिन परिश्रमलाई माया गनुहोस् ।
५. मद्धतको आवश्यकता भएकालाई मद्धत गर्नुहोस् ।
६. अनावश्यक विवादमा नफस्नुहोस् ।
७. आफूमाथि विश्वास गर्नुहोस् ।
८. ठूला चुनौती र निर्णय लिने क्षमता राख्नुहोस् ।
९. आफ्नो व्यक्तित्वमा ध्यान दिनुहोस् ।
१०. पूराना गल्तिहरुबाट सिकेर अगाडि बढ्नुहोस् ।

Share This:

पृथ्वीको बारेमा केही रोचक तथ्यहरु

भाग–६
१९. वायुमण्डलम ८० प्रतिशत भाग सुरुको १२ किलोमिटरमा छ ।
२०. पृथ्वी भन्दा १९ कि.मी माथि जादा रगत उम्लिन थाल्छ र नाक तथा कानबाट रगत निस्किने सम्भावना हुन्छ ।
२१. पृथ्वी भन्दा १०० कि.मी माथि जादा कुनै किसिमको जीवन सम्भावना रहदैन ।
२२. पृथ्वी आफ्नो अक्षमा नघुम्थ्यो भने दिन र रात हुँदैनथ्यो ।
२३. पृथ्वी सूर्यको गुरुत्वाकर्षण शक्तिका कारण यसको चारैतिर घुमीरहन्छ । यसै कारण यो आफ्नो अक्षमा पनि घुमीरहन्छ ।
२४. पृथ्वीले १ चक्कर लगाउनका लागि लगभग २४ घण्टा समय लाग्छ । पृथ्वीका १ भागमा १२ घण्टा सम्म सूर्यको प्रकाश पर्छ । यसकारण नै दिन र रात हुन्छ ।
२५. पृथ्वीले आफ्नो अक्षमा घुम्ने गतिलाई चन्द्रमाले कम गरिरहेको छ ।
२६. त्यसैले धेरै वर्ष पहिले पृथ्वीले मात्र २२ घण्टामा १ चक्र पूरा गथ्र्याे ।

Share This:

थोमस एल्बा एडिसन (जीवनी)

भाग – १

एउटा बालक, ७ वर्षको हुदाँ पढाइका लागि विद्यालयमा भर्ना भए। तर उनी थिए, जब्बर । हरेक कुरा आफूले जाँचेर नहेरी कुनै कुरा मान्न तयार नहुने । उनी सबै शिक्षकका अगाडि पटमूर्ख र मूर्ख बुद्धिका बालकमा दरिए । हुँदाहुँदै पढेको ३ महिनामात्रै भएको थियो, उनलाई एक शिक्षकले, तँ जस्तो तठुवा अरु कोही छैन । तेरो बुद्धि नै छैन भनेर हकारे। उनी धुरुधुरु रुँदै घर फर्के र आमालाई भने । आमा रिसले आगो भइन्, यस्तो विद्यालयले मेरो छोरालाई पढाउन सक्तैन । उनी घर फर्किन् र छोरालाई आफै पढाउन थालिन् ।

   हो, तर बालक अरु कोही थिएनन्, उनी थिए थोमस एब्बा एडिसन । उनको जन्म अमेरिकाको मिलानस्थित ओहियोमा एक गरिब परिवारमा डच बाबु र स्कटिस आमाको कोखबाट भएको थियो । 

      पढाइमा कमजोर र मन्द बुद्धि भएका कारण ३ महिनामै स्कुलबाट निस्काषित भएपछि उनको औपचारिक शिक्षाको यात्रा कम टुङ्गियो । आमा शिक्षिका भएकीले उनले घरमै प्रारम्भिक शिक्षा दिइन् । उनी सानै देखि साह्रै  जिज्ञासु थिए। कुखुराले बच्चा कोरल्दा छक्क पर्थे । एक दिन आफै ओथारो बसे ।

    उनी सानै देखि वैज्ञानिक प्रयोग रुचाउँथे । सानै उमेरमा उनी रेलमा अखबार चक्लेट, बिस्कुट, साग, आदि बेच्थे । त्यसबाट उठेको पैसाले किताब, टेस्टट्युब , बोतल बिजुलीका तार किन्थे र नयाँ नयाँ प्रयोग गर्थे । अमेरिकाको पोटहुरोन देखि डेट्रायटसम्म चल्ने रेलमा बाह्र वर्षको उमेरदेखि उनले पत्रिका बेचे । बिस्तारै एक छपाइ मेसिन किनेर रेलगाडीमै ‘द ग्रान्ड ट्रङ्क हेरान्ड’ नामक साप्ताहिक पत्रिका पैकाशन गर्ने शुरु गरे । उक्त पत्रिका रेलगाडीमा निस्केको विश्वको पहिलो थियो । तर एक दिन एक जना व्यक्तिले आफ्ना बारेमा नराम्रो कुरा छाप्यो भनेर उनलाई छोपेर नदीमा फ्याँकिदिए । त्यसपछि पत्रिका प्रकाशनको काम बन्द गरेर त्यहीँ एउटा सानो प्रयोगशाला खोले । फुर्सदमा उनी परिक्षण गर्थे । पत्रिका बेचेको पैसाले आवश्यक सामान जुटाउँथे ।  

Share This:

चुटकिला

एकपटक एउटा आर्मी छुट्ठीमा घर आयो । घर आएर उसले एउटा भैंसी किन्यो । आर्मीले जब भैंसी चराउन खाल्थ्यो, भैंसी भागी हाल्थ्यो । एक दिन आर्मीले भैंसीलाई खुब कुट्यो भैंसी कुटेको देखेर उसकी श्रीमतीले भनी यति धेरै नकुट्नुहोस्, नत्र भैंसीले दूध दिदैन । आर्मीले भन्यो मलाई दूध चाहिएन डिसीप्लेन चाहीयो ।

Share This:

सकारात्मक ज्ञानमञ्च

१. यदि तपाई दिनमा ११ घण्टा कुर्सीमा बसी रहनु हुन्छ भने आउदो ३ वर्षमा तपाईको मृत्यु हुने सम्भावना ५० प्रतिशत बढेर जानेछ ।
२. होहल्लाका कारण हाम्रो आँखाको नानी चौडा हुन्छ ।
३. अल्छी व्यक्तिको मृत्यु धुम्रपान गर्ने व्यक्तिको भन्दा चाँडो हुन्छ ।
४. टाउको बेस्सरी हल्लाउदा शरीरको अधिकाशं भाग सुत्छ, मात्र दिमागले काम गरीरहेको हुन्छ ।
५. एउटा व्यक्तिको हाइट उसको बुबा अनुसार र तौल आमा अनुसार हुन्छ ।
६. धेरै खाना खाएपछि व्यक्तिको सुत्ने क्षमता कम हुन्छ ।
७. हाम्रो मुत्राशयले हरेक ३ घण्टामा लगभग २ कप पिशाब संकलन गर्ने सक्छ ।
८.हाम्रो शरीरबाट यति ताप निस्किन्छ कि आधा घण्टामा यसबाछ पानी उम्लिन थाल्छ।
९. यदि हामीले खाएको कुरा र्‍यालसँग नमिसिने हो भने हामीले खाएको कुराको स्वाद लिन सक्दैनौ ।
१०. एक दिनका लागि एक व्यक्ति बराबर २५ ग्राम चिनी उपयुक्त हुन्छ ।

Share This:

सहनशीलता

सुकरात ग्रीसका महान विचारक र दार्शनिक थिए । उनी सडकमा जहाँ उभिन्थे, त्यहा मानिसहरुले उनलाई घेरेर विभिन्न प्रश्न सोध्थे । कहिलेकाही त मानिसहरु छेउ त टुप्पोको प्रश्न सोध्थे तर सुकरात शान्त भावले उनिहरुको प्रश्नको जवाफ दिन्थे । मानिसहरुबाट घेरीरहनाको कारण सुकरात धेरै समयसम्म घर बाहिर बस्थे । यसले उनको पत्नी धेरै रिसाउने गर्थिन । त्यसै पनि उनी बढो कठोर स्वभावकी थिइन् । बिना कारण नै सुकरात सँग झगडा गरी रहन्थिइन ।

    सुकरात बडो शान्त भावले  उनको कुरा सुनिरहन्थे। जब धेरै बेरसम्म पनि उनकी पत्नीले बोल्न छोडिनन् तव सुकराज बाहिर जान लागे । यो देखेर उनकी पत्नीको रिस पनि बढ्यो ।
     छेउमा चिसो फोहाृर पानीले भरीएको बाल्टि राखिएको थियो । क्रोधले तिर्मिराउदै उनले त्यो सबै फोहोर पानी सुकरातको टाउकोमा खन्याइदिइन । उनी शिर देखि पाउसम्म भिजे र उनको कपडा पनि फोहोर भयो, तर पनि उनी शान्त भएर बसे जस्तो कि केही भएको छैन ।
          केही क्षणपछि मुस्कुराउदै शान्त भावमा सुकरातले भने “यति ठूलो गर्जन पछि त वर्षा त हुनु नै थियो।” सुकरातको यस्तो व्यवहार देखे पछि उनकी श्रीमतीलाई आफै पछुतो भयो। 

शिक्षाः कहिलेकाँही सहनशीलताले पनि नसोचेको परिमाण ल्याउँछ ।

Share This:

जीवन परिवर्तन गर्ने केही जीवन मन्त्रहरु

१. आफ्नो विचार राख्नु अघि केही बेर सोच्नुहोस्
२. आलोचनाबाट टाढा रहनुहोस् र अरुको मजाक नउडाउनु होस्
३. सजिलै दुखी र मुस्किलले खुसी हुने बानी हटाउनुहोस्
४. आफ्नो परिभाषा परिवर्तन गर्नुहोस्

Share This:

क्यान्सरबाट जोगिने १० उपाय

१. बासी सडेगलेको तथा ढुसी लागेको खाना नखााने
२. सूर्तिजन्य पदार्थ सेवन नगर्नुहोस्
३. मदिरापान नगर्नुहोस्
४. खानपानमा ध्यान दिनुहोस्
५. रातो मासु कम गर्नुहोस्
६. दैनिक व्यायाम गर्नुहोस्
७. धुलो धुवा बाट जोगिनुहोस्
८. समय समयमा पाठेघरको जाच गर्नुहोस्
९.चर्काे घाममा नबस्नुहोस्
१०. मौसम अनुसार फलफुल खानुहोस्

Share This:

संघर्ष र सफलता

१. नयाँ दिन सँगै नयाँ शक्ति र विचार आउँछन् ।
२. लक्ष्य निर्धारित गर्नु अदृश्यलाई दृश्यमानमा बदलिने पहिलो पाइला हो ।
३. हाम्रो सबैभन्दा ठूलो कमजोरी हार मान्नु हो ।
४. अरुको सोच भन्दा धेरै गरेर देखाउनु नै सफला हो ।
५. सफल मानिसहरु आफ्नो निर्णयले संसार परिवर्तन गर्छन् र असफलता मानिसहरु संसारको डरले आफ्नो निर्णय परिवर्तन गर्छन् ।
६. जति सानो हाम्रो सोच हुन्छ, त्यति नै सानो हाम्रो सफलता हुन्छ ।
७. भीड सधै त्यही बाटोबाट हिँडछ, जुन बाटो सजिलो छ। तर यसको मतलब यो होइन कि भिड सधै सधैँ सही बाटो मै हिँडेको छ ।
८. तपाई जति कम बोल्नुहुन्छ, त्यति नै तपाईको कुरा सुनिनेछ ।
९. पर्खेर नबस किनकी जति तिमी सोच्छौ, त्यो भन्दा तीव्र गतिमा जीवन अघि बढी रहेको छ ।
१०. जीवनको सबैभन्दा ठूलो उपहार मित्रता हो।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com