Scam

केही दिन अघि test drive भन्दै ब्लुबुक सहित बाईक लिएर भागेका मान्छेले त्यो बाईक अर्को एक जनालाई मा बेचेर भागेका छन् ।

९०,००० मा किन्ने मान्छेले नामसारी गराउन नसकेपछि असली मालिक खोजेर बाईक बुझाएका छन् र चोरको खोजि जारी छ , as per owner.

Share This:

जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।

  • उनले युरोपियन च्याम्पियनसिप २०२४ आफ्नो अन्तिम प्रतियोगिता भएको बताएका हुन् ।
  • जिरुडले फ्रान्सका लागि १३१ खेल खेल्दै ५७ गोल गरेका छन् । उनी फ्रान्सका उच्च गोलकर्ताको सूचीमा छन् ।
  • २०१८ मा फ्रान्सले विश्वकप जित्दा उनी टिमको सदस्य थिए । जिरुडले कतार विश्वकप २०२२ मा ४ गोल गरेका थिए । २०२२ को विश्वकपमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेता बनेको थियो ।
  • २०२४ युरो पश्चात भने जिरुड अमेरिकी शीर्ष डिभिजन लिग क्लब लस एन्जल्स एफसीमा जान सहमत भएका छन् । ३७ वर्षीय जिरुडले क्लबसँग १८ महिनाको लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

Share This:

नेपाली सामान्य ज्ञान

१. त्रिभुवन विश्व बिद्यालयको स्थापनाको घोषणा कहिले भयो ?

– २०१२ चैत्र १८ गते

 २. नरहरि शाह कहाँका राजा थिए ?

– लमजुङ

 ३. भद्राधिवास मन्दिर कसले निर्माण गरेका हुन् ?

– नरेन्द्रदेव

४. मानगृह कसले निर्माण गरेका थिए ?

– मानदेव

५. न्यातपोल देवल कसले बनाउन लगाएका हुन् ?

– भुपतीन्द्र मल्ल

Share This:

मुद्दाबारेको अभिव्यक्तिमा महजोडीले मागे माफी

  • अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएपछि विवादमा मुछिएका कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफी मागेका छन् । अष्ट्रेलियाबाट सोमबार बिहान भिडियो सन्देश जारी गर्दै उनीहरुले बोलेर गल्ती गरेको स्वीकारेका हुन् ।
  • हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौं । त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकार बसेर छलफल गर्नु भएको रहेछ,’ श्रेष्ठले भिडियोमा भनेका छन्, ‘एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि के बोल्ने भनेर अक्मकियौं ।
  • अष्ट्रेलिया उड्नुअघि महजोडीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे टिप्पणी गरेका थिए । लगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ता उनीविरुद्ध खनिएका थिए । महजोडी यतिबेला महाजात्रा कार्यक्रमका लागि अष्ट्रेलिया टूरमा छन् ।

Share This:

हिपहप स्टार निकी मिनाज एम्सटर्डममा पक्राउ परेका छन ।

  • अमेरिकी हिपहप स्टार निकी मिनाज एम्सटर्डमको सिफोल विमानस्थलमा पक्राउ परेकी छन् । ‘पिंक फ्राइडे २’ नामक वर्ल्ड टुरका लागि उनी नेदरल्यान्ड्सबाट बेलायतको म्यानचेस्टर जान लागेकी थिइन् ।
  • लगेजमा गाँजा रहेको भन्दै प्रहरीले विमानस्थलमा पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले पक्राउ गरेपछि उनले भिडियो खिच्दै आफूलाई प्रहरीको गाडीमा प्रहरी सेलतर्फ लैजान लागेको बताएकी छन् ।
  • त्यसपछि प्रहरी अधिकारीले उनलाई प्रहरी स्टेसनतर्फ लैजान लागिएको बताएका छन् । प्रहरी अधिकारीले उनलाई भिडियो खिच्न रोक्न भनेपछि उनलाई भ्यानभित्र राखिएको थियो ।
  • आफ्नो विश्वव्यापी सांगीतिक टुरअन्तर्गत मिनाजले बेलायतको म्यानचेस्टरमा प्रस्तुति दिने कार्यक्रम थियो । तर पक्राउपछि उनको पूर्वनिर्धारित कन्सर्ट सरेको छ ।

Share This:

सकारात्मक भनाईहरु

“अनुशासन भविष्यका लागि विनिमय हो।” – James Clear

“अनुशासन नै सफलताको पहिलो सोपान हो।” – Jim Rohn

“संयम र अनुशासन बिना, सफलता असम्भव छ।” – Lao Tzu

“अनुशासन तपाईंको चरित्रको आधार हो।” – Mike Ditka

“सफल जीवनको लागि अनुशासन अत्यावश्यक छ।” – Bum Phillips

Share This:

जाभीको अन्तिम खेलमा बार्सिलोना विजयी

स्पानिस ला लिगाअन्तर्गत सिजनको अन्तिम खेलमा बार्सिलोनाले सेभियालाई २-१ ले पराजित गरेको छ । यो जितपछि प्रशिक्षक जाभीको बिदाइ सुखद्…

Share This:

नेपालले दीपेन्द्रको चोटमा जोखिम नलिने

  • नेपाली क्रिकेट टोलीका प्रमुख अलराउण्डर दीपेन्द्रसिंह ऐरीले पछिल्ला तीन खेल खेलेका छैनन् ।
  • दुई साताअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तेस्रो टी–२० अभ्यास खेल खेल्नुअघि दीपेन्द्रको खुट्टा मर्केको थियो । अभ्यासको क्रममा खुट्टा मर्केपछि दीपेन्द्रले तेस्रो खेल गुमाएका थिए ।
  • नेपालले टी-२० विश्वकपलाई ध्यानमा राख्दै दीपेन्द्रको चोटमाथि जोखिम नलिने भएको छ । त्यसैले २७ मेमा क्यानडासँग हुने आईसीसीको वार्मअप खेलमा पनि दीपेन्द्रले नखेल्ने लगभग पक्कापक्की छ ।
  • दीपेन्द्र बाहेक नेपालले अन्य खेलाडी ह्युस्टन हरिकेन्ससँग प्लेइङ–११ मा खेल्ने खेलाडी नै खेलाएको थियो । ‘सबै कुरा स्पष्ट छ । वहाँहरुलाई त्यो दबाबमा बलिङ वा ब्याटिङ गराउने काम गरेका छौं । नेदरल्यान्ड्ससँग खेललाई योजना बनाएका छौं’, उनले भने ।
  • विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपाल, दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश छन् । नेपालले डालासमा नेदरल्याड्ससँग ४ जुनमा खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

Share This:

‘फर्की फर्की’ र ‘पुजार सार्की’ चलेपछि वर्षा : ‘आफ्नै फिल्म चलेजसरी पुलकित भएकी छु’

  • पछिल्लो साताका फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले दर्शकलाई हलसम्म फर्काउन सफल भए । नेपाल मात्र होइन विदेशस्थित नेपाली डायस्पोरामा समेत यी दुई फिल्मको कमाइ उत्कृष्ट देखिएको छ ।
  • यी दुई भिन्न जनराका फिल्मप्रति दर्शकीय आकर्षणले विविध जनरामा फिल्म बन्नुपर्छ भन्ने सन्देश पनि दिन्छ । यस वर्षको सुपरहिट फिल्म ‘बोक्सीको घर’को व्यापारले धेरै कलाकार र मेकरलाई उत्साह पनि दिएको छ ।
  • उनी फेसबुकमा लेख्छिन्, ‘दर्शकको प्रेम नै कलाकारको सबैभन्दा ठूलो सम्पत्ति हो । कुनैबेला कोरोनाले थलिएको नेपाली फिल्म क्षेत्र पछिल्लो समय जुर्मुराएको सुन्दा खुसीको सीमा छैन ।
  • म स्वयं कलाकारका हिसाबले चलचित्र उत्सव–महोत्सवमा सहभागी हुने मौका कमै पाएको छु । तर केही समययता सिनेमा हलमा दर्शकको ओइरो देख्दा म मेरै फिल्म चलेजसरी पुलकित भएकी छु ।

Share This:

हिटस्ट्रोक कसरी हुन्छ ?

  • हाइपोथालेमस मस्तिष्कको एक क्षेत्र हो, जसले हार्मोन उत्पादन गर्छ । यसले शरीरको तापक्रम, धड्कन गति, भोक र मुडलाई नियन्त्रण गर्छ । यसमा गडबडी भएपछि हुने गर्छ ।
  • शरीरको तापक्रम एक्कासी बढ्ने, पसिना ननिस्कने हुन्छ । जसकारण शरीर चिसो हुन सक्दैन र शरीरको तापक्रम बढ्दै गएर हिट-स्ट्रोक हुन्छ ।
  • हिट-स्ट्रोक सामान्यतया निरन्तर शारीरिक भार पर्ने काम गर्ने जोकोही व्यक्तिलाई पनि हुनसक्छ । किनभने कामको कारण शरीरको तापक्रम बढ्ने गर्छ । त्यस्तै लामो समय घाममा वा तातो ठाउँमा बस्दा, गर्मी सहन नसक्ने व्यक्तिलाई पनि हिट-स्ट्रोक हुनसक्छ ।
  • त्यस्तै दीर्घकालीन स्वास्थ्य समस्या (मुटरोग, फोक्सो, मधुमेह, उच्च रक्तचाप र मोटोपनको समस्या), शरीरमा पानीको कमी, मद्यपान तथा अन्य लागूऔषध प्रयोग गर्ने व्यक्तिलाई हुनसक्छ । साथै गर्मीयाममा आवश्यकता भन्दा बढी लुगा लगाउँदा पनि हिट-स्ट्रोक हुनसक्छ ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com