प्रेरक भनाई

  • सफल मानिसको पछाडि अर्को पनि सफल मानिस हुन्छ ।
  • सफलताका लागि दुर्इ कुराको आवश्यकता पर्दछ, पूर्ण विश्वास र नियमपूर्वक अभ्यास ।
  • सफलता हासिल गर्ने सबै मानिसहरूको जीवनमा सुरुदेखि नै महान् उद्देश्य हुन्छ ।’
  • यदि सफलताको चाहना छ भने आफ्नो समय काम अथवा उद्योगमा लगाउनुहोस्, सफलता प्राप्त गर्न गाह्रो छैन ।
  • विश्वास गरेर बनेको लागि सधै खुला छन् बाटाहरू ।
  • त्यही मान्न सफल हुन्छ, जो समय बुझेर त्यसको सदुपयोग गर्छ । समयले तह लगाउँछ बेइमानलाई र बदमासलाई पनि ठेगान लगाउँदछ ।

Share This:

विश्व समाचार

  • रुसले आक्रमण तीव्र पारिरहेको बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अचानक युक्रेनको राजधानी किभ पुग्नुभएको छ ।
  • उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो घर गुमाएको ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ।
  • भारतीय जनता पार्टीका नेता एवं बिहारका पूर्वउपमुख्यमन्त्री सुशीलकुमार मोदीको निधन भएको छ । उपचारका क्रममा सोमबार दिल्लीस्थित एम्स अस्पतालमा उनको निधन भएको हो । उनी ७२ वर्षका थिए ।
  • सर्वोच्च अदालतले अरविन्द केजरिवाललाई दिल्लीको मुख्यमन्त्रीको पदबाट हटाउन माग गरिएको अपिल खारेज गरेको छ।

Share This:

खेलकुद समाचार

  • गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ ।
  • दोस्रो चरणको छनोट अन्तर्गत यूएईविरुद्धको खेलका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ।
  • भरतपुर नगरपालिकामा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि आह्वान गरिएको बोलपत्र रद्द भएको छ।
  • दिक्तेलमा आयोजना गरिएको खुला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल प्रहरीकी राममाया बुढा तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले उचालेका छन् ।
  • पाली खेलाडी नविता श्रेष्ठ र श्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको अन्तिम चरणको दक्षिण एसियाली छनोटमा सोमबार लगातार दोस्रो जित हात पारेका छन् ।

Share This:

आर्थिक समाचार

  • मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिकाको खाङसाङ र सोखुखोलामा निर्माणाधिन पक्कि पुल एघार वर्ष बढी भईसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
  • नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवा शुल्क (कमिसन) घटाएको छ ।
  • कृषि उत्पादनबाट पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले विहादी गाउँपालिकाले किसानलाई अनुदान दिन थालेको छ ।
  • सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ ।
  • सरकारको आउँदो आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।
  • एक अर्ब रुपैयाँको लगानीमा नयाँ उद्योग सञ्चालनमा ल्याएको छ ।

Share This:

सकारात्मक ज्ञानमञ्च

  • पुरुषको भन्दा महिलाको मुटु तेज गतीमा धड्किन्छ।
  • विश्‍वभर २२ अप्रिलमा बर्ल्‍ड अर्थ डे अर्थात विश्‍व पृथ्वी दिवस मनाउने गरिन्छ।
  • धाराको पानीमा भन्दा बोतलको पानीमा धेरै ब्याक्टेरिया हुन्छ।
  • ऊँटको दूध फाट्दैन ।
  • बुद्ध धर्मको स्थापना गरिसकेपछि बुद्धले तपस्स तथा कल्लक नामका दुई शुद्रलाई बुद्ध धर्ममा सर्वप्रथम अनुयायी बनाएका थिए ।
  • हामी जन्मनुभन्दा ६ महिना अगाडीदेखि हाम्रा दांत उम्रिन थाल्छन्।
  • हमिङ्गबर्ड चराको मुटु १ मिनेटमा १००० चोटी भन्दा बढी धड्किन्छ ।
  • पृथ्वीको पग्लीएको आइरनले चुम्बकीय क्षेत्र बनाउँछ ।
  • इन्टरनेटबाट बेचिएको पहिलो सामान सन् १९७१ मा गाँजाले भरिएको ब्याग थियो ।
  • युट्युबमा प्रति सेकेण्ड लगभग १ लाख भिडियो हेर्ने गरिन्छ ।

Share This:

चुट्किला

एउटा साथी अर्को सँग यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
अर्को साथीः देखेको मात्र हैन मेरो घर मै छ
साथीः हो र ?
अर्को साथीः हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु ।

Share This:

प्रेरक कथा (काठको कचौरा)

एउटा वृद्ध व्यक्ति शहरमा आफ्नो छोरा बुहारीसँग बस्न गए ।

उमेरको यस चरणमा, ऊनी निकै कमजोर भई सकेका थिए, उनका हात काम्ने गर्थे र राम्रो सँग देख्न पनि कम भई सकेको थियो ।

शहरमा घर सानो थियो, जसमा ऊनि, उनको छोरा बुहारी र चार वर्षे नाति बस्ने गर्थे र सम्पूर्ण परिवार डाइनिंग टेबलमा सँगै खाने गर्थे । तर बुढ्यौलीको कारण, ऊनि वृद्ध व्यक्तिलाई खानामा कठिनाई हुने गर्थ्यो । कहिलेकाहीं मटरका दानाहरू चम्चाबाट झर्ने गर्थे त कहिले काम्ने हातले गर्दा दूध पोखिएर टेबुलको कपड़ा खराब हुने गर्थ्यो ।

छोरा(बुहारीले एक दुई दिनसम्म यी सबै सहने काम गरे, तर अब तिनीहरू आफ्ना बाबुको यस कामबाट रिसाउन थाले । “हामीले अब यहाँको लागी केहि गर्नु पर्छ”, छोराले भन्यो। बुहारीले पनि होकार्दै भनी, “हामीले आखिर कहिले सम्म यहाँको कारणले गर्दा आफ्नो खाने बर्वाद पार्ने हो ? र हामी यसरी चीजहरूको नोक्सान भई रहेको देख्न सक्दैनौं।”

भोलिपल्ट जब खाना खाने समय भयो, छोराले कोठाको कुनामा एउटा पुरानो टेबल राख्यो, अब वृद्ध बुबालाई त्यहाँ एक्लै बसेर खाना खानु पर्ने थियो । उहाँको खाना खाने भाँडाकुँडाहरूको ठाऊँमा एउटा काठको कचौरा दिइयो, ताकि कुनै भाँडा झरेर नफुटोस् ।

बाँकीहरू पहिले जस्तो मज़ासँग बसेर डाइनिंग टेबलमा खाना खान्थे, र कहिलेकाँही उनी वृद्ध तिर हेर्दा उनको आँखामा आँसु हुन्थे । यो देखेर पनि, छोरा(बुहारीको मन पग्लँदैन थियो, उल्टो ती वृद्धको सानो गल्तीमा पनि उनलाई धेरै कुराहरु सुनाउने गर्दथे । सानो नातिले यो सब ध्यानपूर्वक हेरिरहेको हुन्थ्यो तर बाल्यकालको अवस्थानुसार आफैमा रमाई रहन्थ्यो ।

एक रात, खाना खानु अघि वृद्धका छोराबुहारीले आफ्नो सानो छोरालाई भुइँमा बसेर केही गरी रहेको देखे, “तिमी के बनाउँदैछौ, छोरा ?” बाबुले सोध्यो !

बच्चाले निर्दोष संग जवाफ दियो – “बुवा, म तपाईका लागि काठको कचौरा बनाउँदैछु । मैले थाहा पाई सकें कि ठुलो भएपछि आफ्नो बुवालाई काठको कचौरामा खाना दिनु पर्दो रहेछ ।”

यति भन्दै ऊ फेरि आफ्नो काममा व्यस्त भई हाल्यो ।

तर यस कुराले त्यसका आमाबुबालाई गहिरो प्रभाव पार्‍यो, उनिहरुको मुखबाट एक शब्द पनि निस्किएन तर आँखाबाट आँसु झर्न थाले । उनी दुईटैले बुझिसकेका थिए अब के गर्ने भनेर । त्यो राति उनीहरूले आफ्नो वृद्ध बुबालाई खाना खाने टेबलमा फिर्ता ल्याए, र फेरि कहिल्यै नराम्रो व्यवहार उहाँसँग गरेनन् ।

Share This:

राजनीतिक समाचार

  • जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अस्वीकार गरेका छन् ।
  • क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित जबरजस्ती करणी मुद्दाको सुनुवाइ मङ्गलवार उच्च अदालत पाटनमा हुँदै छ।
  • हिमालय ऊर्जा विकास कम्पनीले आर्थिक वर्षको त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
  • सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा भएको छ ।
  • नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ ।
  • सरकारले आउँदो आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

Share This:

नर्वेबारे रोचक तथ्यहरु (जहाँ रात हुँदैन।)

  • यस देशलाई ‘प्लेस अफ प्याराडाइस’ पनि भन्ने गरिन्छ ।
  • प्राकृतिक सम्पदाले भरिपूर्ण यस देशमा घुम्नका लागि धेरै राम्रा राम्रा ठाउँ छन् ।
  • यस देशमा केही यस्ता ठाउँहरु पनि रहेका छन् जहाँ सुर्य अस्ताउँदैन ।
  • सन् १९०० मा यो देश स्विडेन र डेनमार्कको स्वामित्वमा रहेको थियो ।
  • तर सन् १९०५ मा यो राष्ट्र स्विडेन र डेनमार्कबाट अलग भएर एक स्वतन्त्र राष्ट बन्यो ।
  • क्षेत्रफलको हिसाबमा नर्वे विश्वमा ६७ औं नम्बरमा पर्छ भने जनसंख्याको हिसाबले नर्वे १२० औं ठूलो राष्ट्र हो ।
  • नर्वेको ४८ प्रतिशत भुभाग जंगलले घेरिएको छ ।
  • जहाँ पुरा विश्व जलवायु परिवर्तनको चिन्तामा रहेको छ तर नर्वेलाई भने जलवायु परिवर्तनको कुनै चिन्ता रहेको छैन ।
  • नर्वे धनी राष्ट्रमध्ये छैटौं स्थानमा पर्दछ ।
  • यस देशको सबै शिक्षाहरु निशुल्क रहेका छन् ।
  • नर्वेमा मे महिनादेखि जुलाईसम्म सुर्य रातमा पनि देखिन्छ ।
  • यहाँ सुर्य पूर्णरुपमा अस्ताउँदैन । दिन होस् या रात यहाँ उज्यालो हुन्छ ।
  • यस देशमा ठूला झरनाहरु पनि रहेका छन् ।
  • विश्वको सबैभन्दा लामो सुरुङ (२४ किलोमिटर) पनि यसै देशमा रहेको छ ।

Share This:

नुहाएपछि छाला फुस्रो हुन नदिन यी उपायहरु अपनाउनुहोस् ।

  • तातो पानी प्रयोग नगर्ने
  • बास्नादार साबुन नरोज्ने
  • हनी प्याकको प्रयोग
  • मस्चराइजर लगाउने

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com