रुघा लाग्दा किन आफूखुसी साइनेक्स जस्ता औषधि खान हुँदैन ?

मौसम परिवर्तनसँगै रुघाखोकी र ज्वरोको प्रकोप बढ्छ । यस्तो अवस्थामा आफूखुसी रुघाखोकीको औषधि किनेर खाइहाल्ने प्रवृत्ति व्यापक छ ।

रुघाखोकीको औषधिको प्रयोग पिनास, नाकबाट पातलो सिंगान बग्ने, नाक चिलाउने, हाच्छ्यूँ आउने आदि समस्यामा बढी गरिन्छ । तर यस्ता औषधि आफूखुसी प्रयोग गर्नुहुँदैन ।

रुघा लागेको बेला श्वासप्रश्वास प्रणालीको प्रवेशबिन्दु नाकभित्रको सतही कोष सुजन हुने अवस्थालाई ‘राइनाइटिस’ भनिन्छ । नाकमा एलर्जी र संक्रमण भएपछि नाकको सतही कोषहरु सुन्निन्छ र रुघाका रुपमा पातलो सिंगान बग्न थाल्छ । राइनाइटिस पनि विभिन्न प्रकारको हुन्छ । एलर्जिक राइनाइटिस, एक्युट राइनाइटिस (एक्कासी हुने), क्रोनिक राइनाइटिस (जीर्ण खालको), फंगल राइनाइटिस लगायत विभिन्न प्रकारको राइनाइटिस हुन्छ ।

बिरामीहरूले माथि उल्लेखित लक्षणको आधारमा रुघा लाग्यो भन्छन्, तर यी विभिन्न प्रकारको राइनाइटिसको औषधि उपचार एकै प्रकारको हुँदैन ।

एलर्जीको कारण रुघा लागेको छ भने रुघाखोकीको औषधि खाएर मात्र त समस्या समाधान हुँदैन । एलर्जी के कारणले भएको हो त्यसबाट बच्नुपर्छ । एलर्जी हुनाको कारण पत्ता नलगाएर रुघाखोकीको औषधिको सेवन मात्र गरियो भने समस्या झन् बढ्न सक्छ ।

त्यसैले नाक बन्द भएमा वा रुघा लागेमा के कारणले भएको हो त्यो बुझ्न जरुरी हुन्छ । सोहीअनुसार औषधि उपचार गर्नुपर्छ । रुघा लाग्ने बित्तिकै रुघाखोकीको औषधि खाइहाल्नुहुँदैन ।

आफूखुसी रुघाखोकीको औषधि खाँदा के हुन्छ ?

रुघाखोकीको औषधि खानै नहुने औषधि भने होइन । बिरामीको अवस्था हेरेर चिकित्सकहरूले पनि यो औषधि सिफारिस गर्छन् । त्यसैले बिरामीलाई कुन अवस्थामा यो औषधि खाने भन्ने कुरा थाहा हुनु जरुरी हुन्छ । यो कुरा थाहा नभई आफूखुसी औषधि खाइयो भने विभिन्न साइड-इफेक्ट पनि देखिन थाल्छ ।

हुन त हरेक औषधिको केही न केही साइड-इफेक्ट हुन्छ । तर जब औषधिहरू आफूखुसी मात्रा नमिलाई खाइन्छ, त्यसले थप साइड-इफेक्ट निम्तिन सक्छ ।

रुघाखोकीको औषधिले नाकको सतही कोषहरु सुन्निएको समस्यालाई कम गर्छ । रुघा मात्र हो भने त यसको सेवनले समस्या काम गर्ला । तर रुघासँगै टाउको दुख्ने, श्वासप्रश्वास समस्या छ भने यसले समस्या समाधान हुँदैन । लामो समय चिकित्सकको सल्लाहबिना रुघाखोकीको औषधि मात्रै खाइरह्यो भने नाकभित्र मासु पलाउन सक्छ ।

रुघाखोकीको औषधिमा रुघाविरुद्धको औषधिसँगै  सिटामोल पनि मिसिएको हुन्छ । त्यसैले लामो समय चिकित्सकको सल्लाहबिना रुघाखोकीको औषधि सेवन गरियो भने कलेजो र मिर्गौलामा असर गर्न सक्छ ।

ध्यान दिनुपर्ने कुरा

रुघाखोकी लागेको पाँचदेखि सात दिनसम्म पनि आफैं निको नभएमा, खोकी निरन्तर लागेमा, ज्वरो बढ्दै गएमा, खकार र सिंगान पहेंलो भएमा, सास फेर्न गाह्रो भएमा चिकित्सकलाई जाँच गराएर मात्र औषधि सेवन गर्नुपर्छ ।

पछिल्लो समय सिजनल फ्लु र कोभिड पनि फैलिरहेको छ । त्यसैले लामो समयसम्म रुघाखोकी ज्वरो लगायतका समस्या देखा परेको छ भने कोभिड पनि हुनसक्छ । त्यसैले सबैभन्दा पहिले त यो सिजनल फ्लु हो या कोभिड भन्ने कुरा छुट्याउनुपर्छ ।

Share This:

आत्मविश्वास बढाउनको लागि केही सुझाबहरु

  • आफु प्रति नम्र हुनु होस्
  • तपाईंको डरहरूको सामना गर्नुहोस्
  • आफैलाई चुनौती दिनुहोस्
  • साना लक्ष्यहरू सेट गर्नुहोस् र प्राप्त गर्नुहोस्
  • आफूलाई अरूसँग तुलना गर्न छोड्नुहोस्

Share This:

The F keys windows 11

  • F2: Rename a selected item.
  • F3: Quickly search for files in File Explorer. 
  • F4: Highlight the address bar in File Explorer.
  • F5: Refresh your active window.
  • F6: Cycle through elements (tab, buttons, search bar, etc.) in a window or your desktop.
  • Alt + F8: Show login password on the start screen.
  • F10: Activate the menu bar in the active window.

Share This:

विश्व समाचार

  • सुडानको राजधानी खार्तुमबाट दक्षिणमा रहेको एक गाउँमा भएको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।
  • विवाहसम्बन्धी कानुन परिवर्तन नगरिए भविष्यमा जापानका सबै व्यक्तिको थर एउटै हुन सक्ने एक अध्ययनले देखाएको छ ।
  • जलवायु परिवर्तनले अहिले विश्वमै व्यापक असर परिसकेको छ । पछिल्लो अध्ययनले एउटा नयाँ र आश्चर्यजनक सम्भावना औँल्याएको छ । सो अध्ययनका अनुसार जलवायु परिवर्तनले पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गतिलाई समेत असर गर्नेछ । यसले अहिलेको समयलाई समेत प्रभाव पार्नेछ ।

Share This:

आर्थिक समाचार

  • धनगढी उपमहानगरपालिका(३ विशालनगरमा रहेको कृष्ण(मोहन गौशालाले मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ ।
  • प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार दुई सय कायम भएको छ ।
  • विदेशी लगानीकर्ताले नेपालबाट लैजाने लाभांश खुम्चिएको छ । चालू वर्षको ८ महिनाको तथ्याङ्कले विदेशी लगानीकर्ताले लैजाने लाभांश उल्लेख्य मात्रामा खुम्चिएको देखिएको हो ।
  • नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका १९ जनामध्ये पाँचजना ‘सर्ट लिस्ट’मा छनोट भएका छन् ।

Share This:

प्रेरक कथा (संगत)

२ वटा सुँगाहरु सँगै हुर्किए । ठूलो भईसकेपछि एकदिन हुरिबतासले गर्दा उनीहरु छुट्टिए । एउटा सुँगा चोरहरुको बस्तीमा पूग्यो र अर्को ऋषिहरुको आश्रममा पूग्यो । एक दिन त्यस देशका राजा शिकार गर्न हिडे । उनी चोरहरुको बस्ती नजिकैको पोखरी छेउमा बसी आराम गर्न थाले । यतिकैमा कसैको बोली सुनेर उनको तन्द्रा भङ्ग भयो । एउटा सुँगा कराउँदै थियो कि ‘यहाँ कोहि छ, उसको गलामा हिरा र मोतीको माला छ । यसको घाँटी थिचेर माला निकाल र लाशलाई जंगलमा लगेर गाड ।’ सुँगाको त्यस्तो बोली सुनेर राजा त्यहाँबाट हिडे।
केहि क्षण पछि उनी ऋषिको आश्रममा पूगे । राजा आश्रम भित्र गए । त्यहाँ एउटा सुँगाले ‘महोदय, आउनुहोस् , तिर्खा लागेको छ भने चिसो पानी पिउनुहोस् र भोक लागेको छ भने फलफुल खानुहोस्’ भन्यो । राजाले विचार गरे कि त्यस सुँगाको रंगरुप उँहि चोरको बस्तीको सुँगा जस्तै थियो । राजाले ऋषिलाई सम्पूर्ण कुराहरु सुनाए । तब ऋषिले भने ‘यो संगतको असर हो, महाराज,यसको प्रभावबाट पशुपंक्षी पनि बच्न सकेका छैनन् । अनि म तिमीलाई खानेकुरा दिन्छु ।’

                      त्यस पछि ति माग्ने महिलाले भाँडा माझिन् रखानेकुरा लिएर गइन् । अर्को दिन फेरि ती माग्ने महिला आइन् र भनिन् ‘दिदि म सँग लगाउने लुगा छैन, केहि दिनुहोस् न धनी महिलाले भनिन् भित्र केहि मैला लुगाहरु छन् त्यो धोइदेउ अनि म तिमीलाई कपडा दिन्छु, ती माग्ने महिलाले लुगा धोइ दिएर लगाउने लुगा लिएर गइन् । त्यस पछिका दिनहरुमा ती माग्ने महिला दिनहुँ धनी महिलाकोमा जान्थीन् र केहि काम गरेपछि मात्र केहि पाउँथीन् । 
                      एकदिन ति माग्ने महिलाले सोधीन् दिदि तपाईको घरमा थुप्रै नोकरहरु छन् । तर पनि किन तपाई मलाई काम लगाउनु हुन्छ । त्यसपछि धनी महिलाले भनिन् । मैले तिमीलाई काम लगाउनुको अर्थ तिमीलाई तिम्रो मेहनतको कमाई मिलोस् भिक्षा होइन, त्यसैले तिमीलाई काम लगाएको हो । त्यो कुरा सुनेर ती माग्ने महिलाको विचार परिवर्तन भयो । त्यसपछिका दिनहरुमा उनले माग्न छोडी मेहनत गर्न थालिन् ।

Share This:

सकारात्मक ज्ञानमन्च

  • चार वटा घुँडा भएको एक मात्र स्तनधारी प्राणी हात्ती हो ।
  • एक जना वयस्क व्यक्तिको मुटुको तौल १० औंस हुन्छ ।
  • मस्तिष्क राती चनाखो हुन्छ ।
  • जिराफको घाँटीमा मानिसको घाँटीमा जति नै हड्डिहरु हुन्छ ।
  • झिंगा माछालाई ब्ल्याक टाइगर नामले पनि चिनिन्छ ।
  • खरायो र सुँगाले पछाडि नफर्की पछाडी हेर्न सक्छन् ।
  • माछालाई हाछिउँ आउँदैन ।
  • गर्मी महिनामा कपाल छिटो बढ्छ ।
  • घोडाले रातो रंग देख्न सक्दैन ।
  • पृथ्वीको दक्षिणी ध्रुवमा सर्प पाइदैन ।
  • शार्क लगभग १०० वर्ष सम्म बाँच्न सक्छ ।
  • एक सामान्य व्यक्तिले दिनमा २–४ ग्राम मात्र नूनको सेवन गर्नुपर्छ ।
  • मानिसको नाकले ५० हजार भन्दा बढि गन्ध थाहा पाउँछ

Share This:

अत्यधिक स्क्रिन टाइमले डार्क सर्कलहरू निम्त्याउन सक्छर? उपचार गर्ने ५ तरिका

  • सुत्नु अघि आफ्नो फोन टाढा राख्नुहोस्
  • सनस्क्रिनको नियमित प्रयोग गर्नुहोस्
  • ब्लू लाइट चस्मा प्रयाग गर्नुहोस्
  • आँखालाई हलुका गोलाकार चालमा मसाज गर्नुहोस्।
  • आफ्नो आँखालाई स्क्रिनबाट एक हातको दूरीमा राख्नुहोस्

Share This:

चुट्किला

एकचोटी किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ टाइम हुँदा सम्म जनावरहरुले ६ गोल गरेछन् तर किराहरुले भने गोल गर्न सकेनछन् ।
दोस्रो गोलमा किराहरुको कोचले सय खुट्टे अरमुठेलाई ल्याएछ ।
अरिमुठेले भटाभट १२ गोल ठोकेछ । किराहरुले २ घण्टामा खेल जितेछन् । खेल सकिएपछि पत्रकारले किराको कोचलाई सोधेछन् ।
पत्रकार ः कोच ज्यू, यस्तो राम्रो खेल्ने अरमुठेलाई पहिल्यैबाट किननखेलाएको ?
कोच ज्यू ः पहिल्यैबाट खेलाउने मन त मलाई पनि थियो भाई, तर के गर्ने, बिचारालाई सयबटा खुट्टामा बुट कस्न हाफ टाइमसम्म लाग्यो ?

Share This:

दाम्पत्य जीवनलाई प्रभाव पार्ने तत्वहरु

  • रुपरंग तुलना गर्ने
  • विपरित व्यक्तित्व हुनु
  • नशालु पदार्थको सेवन गर्नु
  • शारिरीक दोष दिनु
  • प्रेम र अहंकारको हुनु
  • तेस्रो व्यक्तिको प्रवेश गराउनु
  • पैसा, सम्पतिको दुरुपयोग
  • आफ्नोपनको गहिराई नहु्नु

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com